शुक्रवार, कार्तिक २७ गते २०८३

Friday 13th November 2026

सिन्धुलीमा जनचेतनामूलक सडक नाटक प्रदर्शन

बुधवार , आषाढ ८, २०७९

सिन्धुली, – सिन्धुलीको कमलामाई नगरपालिका ६ माडीबजारमा सामाजिक विभेद सम्बन्धी जनचेतनामूलक सडक नाटक बुधवार प्रदर्शन गरिएको छ ।

कमलामाई नगरपालिकाको सहयोग तथा अपांग कल्याण संघ सिन्धुलीको आयोजना र कलाघर सिन्धुलीको प्रस्तुतीमासमाजमा भएका अशक्त तथा अपांगहरुलाई समाजकै अन्य मानिसले गरिने र हेरिने सामाजिक विभेद संग सम्बन्धित रहेर जनचेतनामूलक सडक नाटक प्रदर्शन गरिएको आयोजकले जनाएको छ

नाटकमा कला घर सिन्धुलीका अध्यक्ष नेपाली बाबू सुमन र उपाध्यक्ष पबित्रा रम्तेलको परिकल्पना तथा निर्देशन रहेको थियो । यस्तै, रिता थिङ, जिबन मगर, सृजना गोले, पबित्रा रम्तेल, सन्चिता थापामगर, डिल्ली कार्की , रिता बिक, रुबिना पुलामी, कुसल बिक, गिता थिङ लगायत कलाकारहरुले उक्त नाटकमा अभिनय गर्नुभएको थियो ।

प्रस्तुत गरिएको जनचेतनामूलक नाटकले समाजमा महिला, अशक्त तथा अपांग भएकाहरुलाई अरुले गरिने व्यवहारमा परिवर्तन गर्न केहि हद सम्म सहयोग पुग्ने अपेक्षा गरिएको छ । नाटकले अरुले जस्तै बाच्न पाउने अधिकार अपांग तथा अशक्तहरुको छ । उनिहरुलाई हामीले माया र सद्भाव दिनुपर्छ समाजमा घुलमिल हुन सहयोग गर्नुपर्छ, शिक्षामा बञ्चित गराउनु हुदैन भन्ने जस्ता सकारात्कम सन्देश दिन खोजिएको थियो ।

प्रतिक्रिया