शुक्रवार, कार्तिक २७ गते २०८३

Friday 13th November 2026

सिन्धुलीमा सहकारी ऐन, नियम मापदण्ड र अनुगमन सम्बन्धी अन्तरक्रिया

बुधवार , आषाढ ८, २०७९

सिन्धुली, – सिन्धुलीमा सहकारी ऐन, नियम मापदण्ड र अनुगमन सम्बन्धी अन्तक्रिया कार्यक्रम बुधवार संचालन भएको छ । जिल्ला सहकारी संघ लिमिटेड सिन्धुलीको संयोजन र भूमि व्यबस्था, सहकारी तथा गरिबि निवारण मन्त्रालय बागमती प्रदेशको आयोजनामा जिल्लामा सहकारी ऐन नियम मापदण्डको अवस्था बुझ्ने उदेश्यले कार्यक्रमको आयोजना गरिएको हो ।

कार्यक्रममा वाग्मती प्रदेशका सहकारि मन्त्रि वलराम पौडेलले गरिबिको रेखामुनि भएको नागरिकको आर्थिक उन्नती सुधारको लागि सहकारी आवाश्यक भएको बताउनु भयो । तर त्यस्ता नागरिकलाई समाबेश गराउन नसकेको कारण नेपालमा सहकारी फस्टाउन नसकेको उहाँको भनाइ छ । त्यस्तै उहाँले सहकारी संचालकहरुको लागि तालिम विद्यालय स्तरको पाठयपुस्तकमा सहकारी विषयमा पढाइ हुने व्यबस्था, दक्ष जनशक्ति, सिप अनुगमन नियम र मापदण्डमा रहेर काम गर्नू पर्ने बताउनु भयो ।

अन्तरक्रिया कार्यक्रममा जिल्ला सम्मन्य समिति सिन्धुलीकी उपाध्यक्ष शान्ता कार्कीले व्यबसायिक एकाधिकार बिरुद्ध लड्न मध्यस्त प्रतिस्पर्धा उत्पादक र उपभोक्ता बिचको सोझो सम्बन्ध स्थापित गर्न आर्थिक रुपले कमजोर व्यक्तिहरु बारे गरिएको व्यबसायि संगठन भएको बताउनु भयो ।

उहाँले सहकारीले ९ वटा बुदा बाट काम गरेको पनि बताउनु भयो । बचत गर्ने बानिको बिकास, नैतिक चरित्रको बिकास, संस्थागत ऋणको व्यबस्थापन, उत्पादन बितरणमा सुधार लगाएतका बिभिन्न कामको बारेमा चर्चा गर्नु भयो ।

जिल्ला सहकारी संघका अध्यक्ष कृष्ण राज केसीको अध्यक्षता तथा वाग्मती प्रदेशका सहकारि मन्त्रि वलराम पौडेलको प्रमुख आतिथ्यता रहेको थियो । अन्तरक्रिया कार्यक्रममा सहकारी सुशासन, नियम ऐन र मापदण्ड अनुसार संचालन हुनु पर्ने विषयमा छलफल भएको थियो । कार्यक्रममा जिल्लाका सहकारीको ब्यवस्थापहरुको उपस्थिती रहेको थियो ।

प्रतिक्रिया