सिन्धुली, – सिन्धुलीको फिक्कल गाँउपालिका अध्यक्ष पार्बती सुनुवारले युवालाई रोजगारीमा जोड्ने गरी आफुले काम गर्ने बताउनु भएको छ ।
गाँउपालिकामा धेरै युवा बेरोजगारी रहेको र युवाको माग पनि रोजगारीको अबसर रहेको उहाँले बताउनुभयो । उहाँले भन्नुभयो, “धेरै युवा बेरोजगारी हुनु हुन्छ । उहाँहरुलाई रोजगारीसँग जोड्न क्षेमता र सिप अनुसारको काम दिन अन्य निकायसँग समन्वय गर्ने अथवा सिप सिकायर काम दिने भन्ने हाम्रो प्राथमिकतामा रहन्छ ।”
भोट माग्ने बेलामा घरदैलो गर्दा नागरिकको अपेक्षा आफुले धेरै पाएको चर्चा गर्दै गाँउपालिकाले बेरोजगार व्यक्तिहरुको तथ्यांक सङकलन गरी उनीहरुको क्षमता पत्ता लगाई रोजगारीको व्यवस्था गर्ने उहाँको भनाई छ । “कोही सरकारी सेवामा प्रवेश गर्न चाहन्छन् भने त्यस्तालाई तालिमको व्यवस्था गरी प्रोत्साहन गर्छौ,” उहाँले भन्नुभयो ।
फिक्कल गाँउपालिकामा धेरै भन्दा धेरै व्यक्ति कृषि पेसामा आश्रीत रहेकाले उनीहरुलाई समयमा नै मल, बिँउ र उन्नत जातका पशुपंक्षि उपलब्ध गराउन आफ्नो ध्यान जाने उहाँको भनाई छ । गाँउपालिका अध्यक्ष सुनुवारले आफुसँग पाँच बर्षसम्म गाँउपालिका उपाध्यक्ष भएर काम गरेको अनुभव पनि रहेको बताउनुभयो ।
शिक्षा, स्वास्थ्य, रोजगारी र कृषि क्षेत्रलाई प्राथमिकता दिई काम गर्ने चर्चा गर्दै उहाँले पूर्वाधार निर्माण, सेवा प्रवाह र सुशासनलाई पनि प्राथमिकता दिने उहाँले सुनाउनुभयो । गाँउपालिका अध्यक्ष सुनुवारले भन्नुभयो, “कतिपयले १२ महिना नै चल्ने सडक चाहियो भनेका छन् । कतिपयको अवास छैन, सुरक्षित आवास चाहियो भन्ने छ । खानेपानीको समस्या पनि उस्तै छ ।”
कृषि तथा पशुपालन पेशालाई दिगो र भरपर्दो बनाउन कृषि पेशालाई व्यवसायिक र उत्पादनमुखि बनाउने पनि आफ्नो योजना रहेको उहाँले सुनाउनुभयो । फिक्कल गाँउपालिकाकै सभैभन्दा अग्लो र मनमोहक दृष्य अबलोकन गर्न पाईने वडा नं. ३ मा भ्युटावर निर्माण भएकाले पर्यटक भित्र्याउने आफ्नो योजना रहेको उहाँको भनाई छ ।
गाँउपालिका अध्यक्ष सुनुवारले भन्नुभयो, ‘पुर्वाधार निर्माणसँग सम्बन्धित धेरै कामहरु छन् । विद्यालय भवन निर्माण, स्वास्थ्य चौकीको भवन निर्माण, ग्रामीण कृषि सडक, खानेपानी योजना निर्माण, सिंचाईको पूर्वाधार निर्माणमा हामीले काम गर्नु पर्ने छ ।