सिन्धुली– कमलामाई नगरपालिकाले उत्पादनमुखी कार्यक्रमलाई प्राथमितामा राखेको नगरप्रमुख उपेन्द्र पोखरेलले बताउनु भएको छ । आगामी आर्थिक वर्ष २०७९÷०८० को निति तथा कार्यक्रममा उत्पादनमुखी कार्यक्रमलाई प्राथमिकतामा राखेको उहाँले बताउनुभएको हो ।
“नगरवासी युवा, महिला, बालबालिका तथा लक्षित समुहका लागि आयमूलक कार्यक्रममा जोड्ने पहिलो प्राथमिकता छ । सँगै दिर्घकालीन सडक निर्माणका जस्तै नगरपालिकाका सबै सडक कालोपत्रे हुने गरि र विपन्न नागरिकको निशुल्क स्वास्थ्य बिमा कार्यक्रमलाई निरन्तता दिने योजना छ ,” उहाँले भन्नुभयो । सफाखानेपानी, शिक्षा र स्वास्थ्यलाई विषेश जोड दिने उहाँले बताउनुभयो । उहाँले नगरवासीलाई स्वच्छ खानेपानीको व्यवस्था गर्ने बताउनुभयो । “अहिले नगरपालिकामा वितरण भइरहेको धाराको पानी पिउन योग्य छैन । विभिन्न मुहानबाट वितरण भइरहेको धाराको पानी पिउनयोग्य छैन । हाल वितरण गरिएका मुहानको पानीलाई पाँच वर्षभित्रमा यहाँका बासिन्दाले ढुक्कसँग पिउन सक्ने बनाउने मेरो योजना छ, ” उहाँले भन्नुभयो ।
नगरबासीको आवश्यकताको आधारमा काम गर्ने समेत उहाँले प्रतिवद्धता गर्नुभयो । “नगरवासीको आवश्यकतालाई ध्यानमा राखेर काम गर्ने छु, आजको विकासलाई होइन दिर्घकालीन विकासलाई जोड दिने छ, ।” उहाँले भन्नुभयो । सम्मानरुपले विकास निर्माणका काम गर्ने समेत मेयर पोखरेलले बताउनुभयो । “विगतमा नगरपालिकाको सबै ठाउँमा सम्मान विकास भएको छैन । त्यसले गर्दा जनता निराश भएको देख्निछ । मेरो कार्यकालमा सम्मानरुपले विकास निर्माणका काम गर्ने छु ।” उहाँले भन्नुभयो । बैशाखमा निर्वाचित भएर आफु नगरपालिका आएसँगै कर छुट गरेको मेयर पोखरेलले बताउनुभयो । अनुत्पादिक क्षेत्रमा जनताले तिरहेका कर छुट गरिएको छ । सिन्धुलीगढीमा निर्माण भएको युद्ध संग्राहलय अवलोकनमा ५० प्रतिशत छुट र समाचार संकलनका लागि जाने पत्रकारलाई निशुल्क प्रवेश गर्ने दिने निर्णय गरेको उहाँले सुनाउनुभयो ।
उहाँले आगामी दिनमा नगरवासीको आवश्यकताको साथै मागको आधारमा करको दायरा फराकिलो बनाउँदै लग्ने समेत बताउनुभयो । बढीभन्दा बढी स्रोतको व्यवस्थापन गरेर नगरवासीको चाहना पूरा गर्ने लक्ष्यका साथ अघि बढेको उहाँले बताउनुभयो । “नगवासीको त्यति ठूलो चाहना छैन । महानगरका सबै सडक कालोपत्रे होस्, सफा होस्, सार्वजनिक स्थानमा शौचालय होस्, शुद्ध खानेपानी धारामा आओस् भन्ने नै छ । हरेक सडकलाई कालोपत्रे बनाउन तत्काल सम्भव नहोला । भएका सडकलाई सफा बनाउन सकिन्छ, शौचालय बनाउन सकिन्छ । खानेपानीको पनि व्यवस्थापन गर्न सकिन्छ ।” उहाँले भन्नुभयो ।