सिन्धुली– सिन्धुलीको गोलन्जोर गाउँपालिका २ कि २२ वर्षिया राधिका कार्की अहिले अस्पतालमा लावारिश अवस्थामा उपचार गराइरहेकि छिन् । जेठ १७ गते प्रेमिले जिउमा केरन्ट लगाइदिएपछि उनी अहिले नयाँ जिवनको लागि संघर्षरत छिन् ।
प्रेमि अरुण शाहले राधिकाको दुवै हातखुट्टा सहित जिउभरि विद्युतिय करेन्टले पोलिदिएको पिडितले बताएकि छिन् । राधिका कोल्टोसम्म फेर्न नसकिने अवस्थामा छिन् । गत जेठ १७ गते प्रहरीले उनलाई जनकपुरधामस्थित प्रादेशिक अस्पताल पु¥याएको थियो । प्रेममा परेर सिन्धुलीबाट जनकपुर पुगेके आफूलाई बन्धक बनाएर करेन्ट लगाइएको राधिकाले बताइन् । करिब ८ महिना अघि घर छोडेर जनकपुर आएकि राधिकाले प्रेमिलाई विवाह गरेर घर लैजान आग्रह गरेपछि जिउभरि करेन्ट लगाएर मरणसान पारिएको पिडितले बताएकि छिन् । उनले भनिन, ‘डेढ वर्ष भइसकेको चिनेको । ८÷८ महिना भइसकेको कोठामामात्र कति राख्नु हुन्छ । घर लैजानुहोस् न अब विवाह गरेर । मैले यस्तो भनेपछि उस्ले मलाई करेन्ट लगाइदिएको हो ।’ लावारिस अवस्थामा उपचार गराइरहेकि राधिकालाई धनुषाको महेन्द्रनगर बस्ने अरुण शाहले करेन्ट लगाइदिएका हुन् । जनकपुरको थापाचोकमा उनैले खोजेको डेरामा बस्दै आएकि राधिका अर्थोपार्जनकालागि नजिकैको अस्पतालको क्यान्टिन तथा होटलमा काम गर्दै आएकि थिइन् । अरुण भने डेरामा आउजाउ गरिरहन्थे । घटना सार्वजनिक भएपछि अरुण फरार छन् । अहिले राधिकाको हेरचाह गर्न अस्पतालमा आफन्त कोहि छैनन् । हातखुट्टा चलाउने अवस्था पनि छैन । राधिका कोल्टोसम्म फेर्न नसकिने अवस्थामा छिन् ।
राधिकाको आमा, बुबा वृद्ध छन् । दिदिबहिनिमा उनी एक्ली छोरी हुन् । दुई साना भाइ गाउँमा छन् भने दाई वैदेशिक रोजगारीमा । त्यसैले अस्पतालको सुरक्षागार्डले खाना ख्वाउने गरिरहेका छन् । उनको औषधि उपचारका सर्जरी विभागका नर्स तथा बन्र्स भाइओलेन्स सर्भाइभर्स संस्थाले गरिरहेको छ । मृत्युको मुखमा पुगेर जोगिएकि राधिकाको स्वास्थ्यमा सुधार आइरहेपनि हातखुट्टाका औँलाहरुमा स्वास्थ्य जटिलता देखिएको उपचारमा संलग्न चिकित्सकहरु बताउँछन् । उनको उपचारमा संलग्न डाक्टर अश्विनी यादवका अनुसार राधिकाको आठवटा औँलामा रगत संचालन नभएर कालो भएको छ । उहाँले भन्नुभयो, ‘दाहिने खुट्टाको चारवटा औँला र देब्रेको दुईवटा औँला, हातको देब्रे हातको बिचको औँला र दाहिने हातको एउटा औँला नरहने अवस्था छ ।’
यता, धनुषा प्रहरीले अनुसन्धानबाट सम्पुर्ण यथार्थ आउने र दोषीलाई कार्वाही हुने जनाएको छ । धनुषा प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायव उपरिक्षक प्रदीप बहादुर क्षेत्रीका अनुसार राधिकालाई बोल्न नसक्ने अवस्थामा उद्धार गरिएको थियो । उहाँले भन्नुभयो, ‘राधिकाको स्वास्थ्यमा सुधार हुदैँ गएको छ । अनुसन्धान भइरहेको छ । दोषिमाथि कार्वाही हुनेछ ।’
स्पतालमा बेडमा एक्लै छट्पटाइरहेकि राधिकालाई घाउले भन्दा प्रेमिको क्रुरता र भविष्यको चिन्ताले बढि पोलिरहेको छ । खुर्कोटबाट शुरु भएको प्रेम र प्रेमिको क्रुरताले राधिको भविष्य ओझेलमा परेको छ ।
५० मिनेटदेखि सिन्धुलीको चेलिमाथि भएको अत्याचारको भिडियो हेर्नुहोलाः
https://www.youtube.com/watch?v=24_-5RYh4bI&t=2643s