शुक्रवार, कार्तिक २७ गते २०८३

Friday 13th November 2026

सिन्धुलीमा विमानस्थल निर्माणको काम सुरु

बुधवार , आषाढ १, २०७९

सिन्धुली – सिन्धुलीमा आन्तरिक विमानस्थल बन्ने भएको छ । नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) ले विमानस्थल निर्माणका लागि वातावरणीय प्रभाव मूल्यांकन रिपोर्ट तयार पार्ने भएको छ । वातावरणीय प्रभाव मुल्यांकन प्रतिवेदन तयारीका लागि क्षेत्र निर्धारण सम्बन्धी सार्वजनिक सूचना जारी गरिएको छ ।

कमलामाई नगरपालिकाको ८ नम्बर र १० नम्बर वडाको बाघमारा सिस्नेरीमा ‘सिन्धुली कमलामाई विमानस्थल आयोजना’को लागि सार्वजनिक सूचना प्रकाशित भएको छ । यो विमानस्थलको रनवे ३० मिटर चौडाई र १६ सय मिटर लम्बाईको हुनेछ । ट्याक्सी वे केन्द्रीय ८० मिटर लामो, ४३१ मिटर समानान्तर ट्याक्सी वे र ८० मिटर लामो एप्रोन बन्नेछ । विमानस्थल ४५.५ हेक्टर क्षेत्रफलमा बन्नेछ ।

“वातावरण संरक्षण नियमावली, २०७७ को नियम ४ को उपनियम (२) बमोजिम प्रस्तावको वातावरणीय प्रभाव मूल्याङ्कन अध्ययन सम्बन्धी क्षेत्र निर्धारण गर्ने क्रममा सो क्षेत्रको प्राकतिक, भौतिक, जैविक, सामाजिक, सांस्कृतिक तथा आर्थिक प्रणालीहरूमा के कस्तो प्रभाव पर्दछ भनी यकीन गर्न सो स्थानको नगरपालिका, वड़ा तथा त्यस क्षेत्रका विद्यालय, अस्पताल, स्वास्थ्य तथा सरोकारवाला व्यक्ति वा संस्थाको लिखित राय सुझाव लिन आवश्यक भएकाले सार्वजनिक सूचना प्रकाशित भएको मितिले ७ (सात) दिन भित्र निम्न ठेगानामा आईपुग्ने गरी राय सुझाव उपलब्ध गराई दिनु हुन अनुरोध छ ।” सुचनमा भनिएको छ ।

प्रतिक्रिया