अब सिन्धुलीबाटै अष्ट्रलियाकालागि भाषा कक्षा र परामर्श सेवा
सिन्धुली– अष्ट्रलिया अध्ययन गर्न जान चाहनेहरुका लागि IElts र PTE क्लाससहितको भाषा अध्यापन र आवश्यक समन्वय गर्ने उदेश्यका साथ सिन्धुलीमा पहिलोपटक कन्सल्टेन्सी संचालनमा आउने भएको छ ।
अष्ट्रलियाको ब्रिसबेन सहरमा बस्दै आउनुभएका आभास बस्नेतले कमलामाई नगरपालिका ५ स्थित मधुटारमा ‘यात्री इन्टरनेशनल एजुकेसन एण्ड भिसा सर्भिसेस’ संचालनमा ल्याउन लाग्नुभएको हो । आगामी जेठ २७ गते शुक्रबार कन्सल्टेन्सीको उद्घाटन गरिने निर्देशक बस्नतले बताउनुभयो । पाँच वर्षअघि उच्च शिक्षा अध्ययनकालागि अष्ट्रलिया जान खोज्दा आफूले सामान्य कागजि प्रक्रियामै समस्या झेल्नुपरेको स्मरण गर्दै बस्नेतले सहज र शुलभ सेवा दिन कन्सल्टेन्सी संचालन गरेको बताउनुभयो । ‘वैदेशिक शिक्षाकालागि भाषा कक्षा र परामर्श लिन काठमाडौँनै धाउनुपर्ने समस्या अब हट्नेछ ।’ उहाँले भन्नुभयो, ‘अब अष्ट्रलिया जानैकालागि काठमाडौँमा घर भाडा र अतिरिक्त खर्चकालागि बजेट छुटाउनुपर्ने छैन ।’ यात्री कन्सल्टेन्सीमा काठमाडौँकै शिक्षकले IElts र PTE पढाउने र अनुभवि कर्मचारीबाट भिषा ‘प्रोसेसिङ’ हुनेहुँदा आफ्नै जिल्लामा बसेर अष्ट्रलिया जाने रहर पुरा गर्न सिन्धुलीका युवाहरुलाई बस्नेतले आग्रह गर्नुभयो । आफूपनि अष्ट्रलियामै बस्ने भएको हुँदा यात्री कन्सल्टेन्सीबाट अष्ट्रलिया जाने विद्यार्थीकालगि आफूले सक्दो सहयोग गर्ने बस्नेतले बताउनुभयो ।