शुक्रवार, कार्तिक २७ गते २०८३

Friday 13th November 2026

सिन्धुलीमा २५ वटा मोटसाईकल चोरीे, चोरी हुने बढी पल्सरबाइक

आइतवार , जेठ २२, २०७९

सिन्धुली – सिन्धुलीमा प्रहरीले गत जेष्ठ १३ गते चोरी भएको एक मोटसाईकल फेला पा¥यो । जेष्ठ ११ गते कमलामाई नगरपालिका वडा नम्बर ६ रातामाटा स्थित घरमा पार्किङ गरेको मोटसाईकल हराएको थियो । ज.१० प ८८२ नं.को १५० सि.सिको पल्सर मोटसाईकल पार्किङ स्थलबाटै हराएको प्रहरीले जनाएको छ । उक्त हराएको मोटसाईकल प्रहरी टोलीले खोजतलासि गर्नेक्रममा कमलामाई नगरपालिका १ मरीणखोलामा प्रहरीलाई देखेपछि एक अपरिचिय व्यक्तिले मोटसाईकल छोडेर फरार भएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रबक्ता प्रहरी नायब उपरिक्षक मनोज कुमार लामाले बताउनुभयो । फरार रहेका उक्त ब्यक्तिको खोजतलासि भइरहेको उहाँले जानकारी दिनुभयो । साथै मोटसाईकल नियन्त्रणमा लिई सम्बन्धित मोटसाईकल धनिलाई बुझाईएको उहाँले बताउनुभयो । उहाँका अनुसार थप अनुसन्धान कार्य भइरहेको छ ।

यस्तै, गत चैत १९ गते प्रहरीले सुनकोशी गाउँपालिका १ आंपघारी स्थित न्यू ज्ञान मोटसाईकल वर्क सपबाट हराएको स्कुटि फेला पा¥यो । बागमति प्रदेश ०२–०३१ प८८५८ नं. को हराएको स्कुटी खोजतलासी गर्ने क्रममा प्रहरीले उक्त वर्क सपमा फेला पारेको हो । स्कुटि वर्क सपमा ल्याउने काभ्रे तिमाल गाउँपालिका ९ का २१ वर्षिय सुमीर दोङ तामाङलाई नियन्त्रणमा लिई गत बैशाख ५ गते आबश्यक कार्बाहीको लागि जिल्ला प्रहरी कार्यालय काभ्रे बुझाइएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीले जनाएको छ ।

गत बैशाख ४ गते प्रहरीले सवारीसाधन चेकजाँच गर्ने क्रममा काठमाण्डौबाट सिन्धुली तर्फ आउँदै गरेको हराएको मोटसाईकल फेला पारेको थियो । बा ५८प ४०४ नं.को मोटसाईकल शंकास्पद देखिएपछि चालकलाई नियन्त्रणमा लिई सोधपुछ गर्दा चोरी गरि ल्याएको भन्ने खुलेको थियो । चालक तिनपाटन गाउँपालिका.१० का २१ वर्षिय भुबन बि.क.(बराईली) ले भक्तपुरको सुर्यबिनायकबाट उक्त मोटसाईकल चोरी गरी ल्याएको खुलेको प्रहरीले जनाएको छ । मोटसाईकल सहित चालक विकलाई नियन्त्रणमा लिई गत बैशाख ५ गते आबश्यक कार्बाहीको लागि प्रहरी बृत्त भक्तपुरमा पठाइएको छ ।

सिन्धुलीमा पछिल्लो समय मोटसाईकल चोरी हुने क्रम बढेको छ । जिल्लामा धेरै जसो पल्सर मोटसाईकल चोरी हुने गरेको प्र.ना.उ लामाले बताउनुभयो । उहाँका अनुसार पल्सर मोटसाईकल सजिलै तरिकाले लक खोल्न सक्ने भएकाले बढी चोरी हुने गरको हो । सवारी धनीले आफ्नो सवारी सुरक्षित तवरले नराखेको कारण पनि बढी चोरी हुने गरेको उहाँले बताउनुभयो । चोरीमा संलग्न गिरोहले मोटरसाईकलमाथि निगरानी राख्ने र उचित मौका छोपेर चोरी गर्ने गरेका छन् । तराई साथै काठमाडौँका मेकानीकहरु बढी चोरीमा संलग्न भएका छन् । घरबाटै मोटरसाईकल चोरी हुने क्रम बढेकोले घरमा मोटरसाईकल पार्किङ गर्दा पनि चेन लक तथा व्हिल लक गर्न उहाँले अनुरोध गर्नुभयो ।

कति चोरी भयो मोटसाईकल ?

सिन्धुलीमा १० महिनाको अवधिमा २५ वटा मोटसाईकल चोरी भएको छ । जिल्ला प्रहरी कार्यालय सिन्धुलीका अनुसार साउन देखि जेष्ठ १५ गते सम्म २५ वटा मोटरसाईकल चोरी भएको हो । मोटसाईकल चोरी गर्ने १४ जना चोर विरुद्ध मुद्धा दर्ता भएको छ । ति मध्येका ७ जना चोर विरुद्ध पुर्न मुद्धा दर्ता भएका छन् । हराएका २५ वटा मोटसाईकल मध्ये प्रहरीले २१ वटा मोटसाईकल फेला पारेको छ भने बाकीँ चार वटा मोटसाईकलको खोजि कार्य भइरहेको छ ।

प्रतिक्रिया