शुक्रवार, कार्तिक २७ गते २०८३

Friday 13th November 2026

कमलामाईका मेयर र नगर विकास कोषका कार्यकारी निर्देशकको भेटबार्ता

शनिवार , जेठ २१, २०७९

सिन्धुली,– कमलामाई नगरपालिकाका मेयर उपेन्द्रकुमार पोखरेल र नगर विकास कोषका कार्यकारी निर्देशक कृष्ण प्रसाद सापकोटा बिच बिच भेटबार्ता भएको छ ।

भेटमा नगरपालिकाको विभिन्न योजनाहरुको बारेमा छलफल भएको छ । भेटका क्रममा नगरपालिकाको पार्किङलाई व्यवस्थित गर्न, फोहोरमैला व्यवस्थापन, बसपार्क निर्माण, पार्क तथा पिकनिक स्पट निर्माण, ल्यान्ड पोलिङ लगाएका बिषयमा छलफल भएको नगरपालिकाले जनाएको छ ।

नगरपालिकाको यी योजनाहरुमा प्राविधिक तथा आर्थिक सहयोग गर्न नगर विकास कोष तयार रहेको कोषका कार्यकारी निर्देशक सापकोटाले बताउनुभयो ।नगर विकास कोषको ऋण सहयोगमा निर्माणाधिन सिटी हलको अहिले सम्मको कामको बारेमा पनि अनुगमन तथा छलफल भएको छ । निर्माणाधिन हलको अनुगमन गर्दै कोषका कार्यकारी निर्देशकले तोकिएकै समयमा कार्य सम्पन्न निर्माण कम्पनीलाई आग्रह समेत गर्नुभयो ।

प्रतिक्रिया