सिन्धुली – कमलामाई नगरपालिकाकी उपप्रमुख मन्जु देवकोटाले आफुले पहिलो कार्यकालमा सफतापूर्ण काम गरेकाले पुःन दोस्रो कार्यकालका लागि निर्वाचित भएको बताउनुभएको छ ।
नेकपा एमालेबाट कमलामाई नगरपालिकाको उपप्रमुखमा निर्वाचित देवाकोटाले पहिलो कार्यकालमा सफतापूर्ण काम गरेको बताउँदै दोस्रो कार्यकालका लागि नागरिकले आफुलाई चुनेको बताउनुभयो । “ स्थानिय तह निर्वाचन २०७४ मा नगरबासीले मलाई विश्वास गरेर जिताउनुभयो । म विजय भएपछि आफ्नो कार्यजिम्मेदवारी संविधानले निर्देशन गरेको कार्य सिमा भित्र रहेर बफदारिपूर्ण काम गरेको थिए। कार्यविधि, ऐन र कानुनलाइ मध्येनजर गर्दै नगबासीको सेवा गरे,” उहाँले भन्नुभयो ।
पहिलो कार्यकालमा कमलामाई नगरपालिकालाई समृद्ध बनाउनका लागि शिक्षा, स्वास्थ्य, महिला तथा बालबालिका लगाएत शाखागत ९२ वटा कानुन निर्माण गर्ने सफल भएको उहाँले बताउनुभयो । समग्र नगरवासीलाई दिनुपर्ने न्याय, सुशासन,सुरक्षा र जिविकोपार्जन लगाएत आयआर्जन, रोजगारका विषयलाई प्राथमिकतामा राखेर काम गरेको उहाँले जिकिर गर्नुभयो । आफ्नो लगनशिलता, योगदान साथै लगानीलाई देखेर नगरबासीले पुन जिताउनु भएको उहाँको भनाइ छ । लामो समय पाटिमा काम गरेको अनुभवलाई सुनाउदै उहाँले पार्टीैले पनि विश्वास गरेर टिकट दिएको बताउनुभयो ।
विगत पाँच वर्षको अनुभवलाई बटुल्दै समृद्ध नगर बनाउनका लागि विषेश योजना अनुसार अगाडि बढ्ने उहाँले प्रतिवद्धता व्यक्त गर्नुभयो । दलगतरुपमा प्रतिस्पधाको भावना नराखि समग्र नगरको विकास निर्माणमा संमन्वयकारी भुमिका निर्वाह गर्ने उहाँले बताउनुभयो ।