शुक्रवार, कार्तिक २७ गते २०८३

Friday 13th November 2026

सिन्धुलीमा जग्गा नापेको एक बर्ष हुदा समेत लालपुर्जा नपाएको गुनासो

शुक्रवार , जेठ २०, २०७९

सिन्धुली, – कमलामाई नगरपालिका २ का नागरिकले जग्गा नापेको १ बर्ष हुदा समेत जग्गाधनी पुर्जा (लालपुर्जा) नपाएको गुनासो गरेका छन् ।

बिहिवार कमलामाई नगरपालिकाले वडा नं. २ मा आयोजना गरेको सामाजिक परिक्षण कार्यक्रममा नागरिकले यस्तो गुनासो गरेका हुन् । कार्यक्रममा वास्तविक किसानले अनुदान नपाएको, उपभोक्ता समिति मार्फत गरिएको कामहरु झन्झटीलो प्रक्रिया रहेको पनि नागरिकले गुनासो गरेका छन् ।

कमलामाई नगरपालिका २ मा रहेको सेल्फि डाडाँमा सरसफाई संगै ब्यवसाय गर्ने ब्यवसायीहरुलाई ब्यवस्थापन गरिदिन भद्रकाली मन्दिर संक्षणको लागि आवश्यक बजेट बिनियोजन गर्न नागरिकले आग्रह गरेका छन् ।

नागरिकको गुनासोलाई सम्बोधन गर्दै कमलामाई नगरपालिकाका नगर प्रमुख उपेन्द्र कुमार पोखरेलले अब भुमिहन सुकुम्बासीको जग्गाधनी पुर्जा चाडै बितरण गर्ने बताउनु भयो ।

कृषि अनुदान, महिलाहरुको लागि आर्थिक उपार्जन हुने खालको योजना ल्याउने प्रतिबद्धता जनाउनुभएको छ । मरिण डार्भसनमा काम गरिरहेका मजदुरहरुलाई जिल्ला दररेट अनुसार पारिश्रमिक उपलब्ध गराउन पहल गर्ने प्रतिबद्धता गर्नु भयो ।

उहाँले नगरपालिकामा रहेका स्वास्थ्य स्वयमसेविका हरुलाई नगरपालिकाबाट बिशेष भत्ताको ब्यवस्था गर्दै महिनामा एक पटक सबै नागरिकको घरघरमा पुगेर स्वास्थ्य परिक्षणको ब्यवस्था गरिने बताउनुभयो ।

कमलामाई नगर उपप्रमुख मन्जु देवकोटाले नगरपालिकाको सुगम र दुर्गम वडा छुट्याई बिकासको अवधारण ल्याउने बताउनु भयो । महिला, अपांगता भएका ब्यक्ती तथा बालबालिकाको क्षेत्रमा बिभिन्न कामहरु गर्ने बताउनु भयो । कृषि सामाग्री मल, बिउ हरु स्थानीय, प्रदेश तथा संघिय सरकारको सहयोगमा कृषकहरुलाई सहजै उपलब्ध गराउने समेत प्रतिबद्धता जनाउनु भयो ।

कार्यक्रममा कमलामाई नगरपालिका २ का वडा अध्यक्ष इन्द्र वाइवाले वडाका प्रत्येक नागरिकको गुनासो सम्बोधन गर्दै ६–६ महिनामा प्रत्येक टोलमा पुगेर घरदैलो गर्ने बताउनु भयो । स्वास्थ्य, शिक्षा, कृषिलाई जोड दिदै नागरिकको हितमा काम गर्ने उहाँले प्रतिबद्धता जनाउनु भयो ।

प्रतिक्रिया