सिन्धुली– सिन्धुलीको दुधौली नगरपालिकामा दुईजनालाई लागुऔषधसहित प्रहरीले पक्राउ गरेको छ । बुधबार राति दुधौलीको ९ नम्बर वडास्थित कमला बहुमुखी क्याम्पस नजिक २२ वर्षिय राजु शाह र २१ वर्षिया प्रशान्त दनुवारलाई दुधौली प्रहरीले पक्राउ गरेको हो । उनीहरुको साथबाट २ सय २५ थान नाईट्रोभेट औषधिसहित फेला परेको छ ।