शुक्रवार, कार्तिक २७ गते २०८३

Friday 13th November 2026

सिन्धुलीबाट बेपत्ता पुरुषको शव तामाकोसी किनारमा फेला

बिहिवार , जेठ १९, २०७९

दोलखा — एक सातादेखि बेपत्ता भएका सिन्धुलीको कमलामाई नगरपालिका–७ का ओमकुमार मोक्तानको शव तामाकोशी किनारमा फेला परेको छ । जेठ १३ गतेबाट बेपत्ता भएका ५४ वर्षीय मोक्तानको शव बुधबार साँझ तामाकोसी गाउँपालिका–५ किर्नेटार नजिकै तामाकोसी किनारमा फेला परेको प्रहरीले जनाएको छ ।

बेपत्ता भएका उनको आफन्तले खोजी गरिरहेका थिए । प्रहरीले तामाकोसी किनारमा शव फेलापरेपछि पहिचानका लागि आफन्तलाई आग्रह गरेको थियो । आफन्तले शवको पहिचान गरेको प्रहरी निरीक्षक राजेश सिग्देलले बताए । घटनाका बारेमा थप अनुसन्धान भइरहेको उनले बताए ।

प्रतिक्रिया