सिन्धुली– सिन्धुलीको मरिण गाउँपालिका अध्यक्ष विमर्श मुक्तान ‘प्रख्यात’ कि सुपुत्रि अनिशा मुक्तान हेडगल्र्समा निर्वाचित हुनुभएको छ । सिन्धुलीको कमलामाई नगरपालिका ६ मा रहेको भगवति अंग्रेजि आवासिय उच्च माध्यमिक विद्यालयमा भएको निर्वाचनमा मुक्तानले प्रतिद्वन्दिभन्दा ८६ मत बढि प्राप्त गर्दै विद्यालय कप्तानमा निर्वाचित हुनुभएको हो । उहाँसँगै छात्रतर्फ राजन शाह निर्वाचित हुनुभएको छ ।
विद्यालयको प्रांगणमा भएको चुनाबबाट दुई जना विद्यालय कप्तानमा निर्वाचित भएका छन् । निर्वाचनवाट छात्रा तर्फ हेड गल्र्स (क्याप्टेन)अनिशा मोक्तान २३१ मत सहित निर्वाचित हुनुभएको छ । मोक्तानका निकटतम् प्रतिद्धन्दी परजुला गिरीले १४५ र अनुस्का श्रेष्ठले १०८ मत प्राप्त गरेका छन् । यस्तै, छात्र हेड वोई(क्याप्टेन) मा राजन साहले २६२ मत प्राप्त गर्दै निर्वाचित हुनुभएको छ । हेड वोइमा निर्वाचित शाहका निकटतम् प्रतिद्धन्दी रोशन सुवेदीले २४२ मत प्राप्त गर्नुभएको थियो ।
विद्यालयले निर्वाचनबाटै हाउस क्याप्टेन छनौट गरेको छ । विद्यालयको नियम, अनुशासन, अन्य क्रियाकलापहरु संचालन तथा कार्यान्वयन गर्न उनीहरुको महत्वपुर्ण भुमिका रहने विद्यालय व्यवस्थापन समितीका अध्यक्ष संजयकुमार दाहालले वताउनुभयो । लोतन्त्रको सुन्दर पक्ष निर्वाचन भएकाले विद्यार्थीलाई सो सम्बन्धि जानकारी दिन विद्यालयमा निर्वाचनको अभ्यास गरिएको दाहालले बताउनुभयो ।