सिन्धुली– सिन्धुलीको हरिहरपुरगढी गाउँपालिकाले तेस्रो त्रैमासिक सामाजिक सुरक्षा भत्ता बितरण गर्ने भएको छ । चालु आर्थिक बर्ष २०७८/७९ को तेस्रो सामाजिक सुरक्षा भत्ता बापतको रकम बितरण गर्न लागिएको गाउँपालिकाले एक सूचना निकालेर जानकारी दिएको हो । सामाजिक सुरक्षा भत्ता वडा नम्बर १ का लाभग्राहीहरुले बुधबार र विहिबार, वडा नम्बर २ का लाभग्राहीहरुले जेठ २० र २३ गते, ३ का लाभग्राहीले २४ र २५ गते, ४ का लाभग्राहीहरुले २६ र २७ गते र ५ का लाभग्राहीहरुले जेठ ३० र ३१ गते सिटिजन्स इन्टरनेश्नल बैंक लिमिटेड हरिहरपुरगढी शाखाबाट प्राप्त गर्नेछन् ।
यस्तै, वडा नम्बर ६,७ र ८ का लाभग्राहीहरुले बुधबारदेखि राष्ट्रिय वाणिज्य बैङक लिमिटेड लालबन्दी शाखाबाट प्राप्त गर्न सक्ने गाउँपालिकाले प्रकाशन गरेको सूचनामा उल्लेख गरेको छ । भत्ताका लागी बैंक जाने लाभग्राहीहरुले अनिवार्य रुपमा सामाजिक सुरक्षा भत्ता परिचयपत्र, नागरिकता प्रमाण पत्र बोक्नु पर्ने गाउँपालिकाले जनाएको छ ।
यस्तै, गाउँपालिकामा सार्वजनिक सुनुवाई कार्यक्रम संचालन हुने भएको छ । आर्थिक वर्ष २०७८/०७९ मा गाउँपालिकाबाट प्रवाह गरिएको सार्वजनिक सेवा सम्बन्धी “सार्वजकि सुनुवाई कार्यक्रम” संचालन हुन लागेको गाउँपालिकाले बुधबार एक सूचना निकालेर जानकारी दिएको हो । कार्यक्रम जेष्ठ २१ गते गाउँपालिकाको वडा नम्बर ८ को कवडहल–क्वटर मा हुने छ भने २२ गते गाउँ कार्यपालिका कार्यालयको सभाहलमा हुनेछ ।
कार्यक्रममा सम्पुर्ण पदाधिकरी, सरोकारवाला, जनप्रतिनिधि, गाउँपालिका तथा वडाका कर्मचारी, राजनैतिक दलका प्रतिनिधि, वुद्दीजिवी, विभिन्न सघंसस्थांका प्रतिनिधिहरु तथा आम नागरिकहरुलाई उपस्थिति हुन गाउँपालिकाले सुचना मार्फत अनुरोध गरेको छ ।