शुक्रवार, कार्तिक २७ गते २०८३

Friday 13th November 2026

कस्को भागमा सिन्धुली जिल्ला समन्वय समितीको संयोजक ?

बुधवार , जेठ १८, २०७९

सिन्धुली– सिन्धुलीको नौवटै स्थानिय तहमा कार्यपालिका सदस्यको निर्वाचन भइरहेको छ । अधिकांश स्थानिय तहमा निर्वाचन सम्पन्न भइसकेको छ भने छुुटफुट स्थानिय तहमा निर्वाचनकालागि तयारी हुदैँ छ । जिल्लाको सबै पालिकामा कार्यपालिका सदस्यको चुनाव भएको १५ दिनभित्र जिल्ला सम्नवय समितिको चुनाव गर्नुपर्ने हुन्छ । जिल्ला समन्वय समिती सिन्धुलीको प्रमुख पदको बाजी कस्ले मार्ला भन्ने सिन्धुलीमा चासोको विषय बनेको छ । समितीको प्रमुख तथा उपप्रमुखमा निर्वाचनमा सिन्धुलीका नौँ पालिकाका प्रमुख तथा उपप्रमुख गरी १८ जनाले मतदान गर्न पाउने छन् ।

जिल्ला समन्वयको प्रमुखमा नेकपा माओवादी केन्द्रवाट हरिहरपुरगढी गाँउपालीकाका निर्वतमान गाँउपालीका अध्यक्ष कार्साङ लामा र नेकपा एकिकृत समाजवादीका जिल्ला अध्यक्ष सुर्य पाख्रीन नेपाली काँग्रेसको तर्फबाट कमलामाई नगरपालिका वडा नं. ६ का वडा सदस्य उत्पल खड्का र काँग्रेसकी सुनकोशी गाउँपालिका ७ बाट महिला सदस्यमा निर्वाचित शान्ता कार्कीको नाम चर्चामा रहेको छ ।

बैशाख ३० मा सम्पन्न स्थानिय तहको निर्वाचनमा नेपाली काँग्रेसले कमलामाई नगरपालीका, घ्याङलेख गाउँपालिका र तिपाटन गाँउपालीकामा ३ प्रमुख र सुनकोशी गाउँपालिका, मरिण गाउँपालिका, हरिहरपुरगढी गाउँपालिका र दुधौली नगरपालीका सहित ४ पालिकामा उपप्रमुख जितेको छ ।

त्यस्तै नेकपा माओवादी केन्द्रले सुनकोशी गाँउपालीका, मरिण गाउँपालिका, हरिहरपुरगढी गाउँपालिका र दुधौली नगरपालीका सहित ४ वटा पालिकाको प्रमुख र तिनपाटन गाउँपालिका, गोलन्जोर तथा घ्याङलेख गाउँपालिका गरी ३ वटा पालिकाको उपप्रमुख जितेको छ ।

यसैगरी नेकपा एमालेले गोलन्जोर गाउँपालिका र फिक्कल गाँउपालीकाको प्रमुख जितेको छ भने कमलामाई नगरपालीका र फिक्कल गाँउपालीका सहित २ उपप्रमुख जितेको छ । नेकपा एकिकृत समाजवादीले पालिकाको प्रमुख र उपप्रमुखमा एक सिटपनि जितेको छैन । जिल्ला समन्वय समितीको निर्वाचनमा माओवादी केन्द्रसँग ७ मत, नेपाली काँग्रेसँग ७ मत तथा एमालेसँग ४ मत रहेको छ । सत्तागठवन्धन दलले यस अघि स्थानिय तहको निर्बाचनमा गठबन्धन गर्दानै नेकपा एकिकृत समाजवादीलाई जिल्ला समन्वय समितीको पद दिने निर्णय गरेको थियो तर उक्त बैठकमा एकिकृत समाजवादीले कमलामाईका उपमेयरको पदको दावी गर्दै उक्त निर्णयमा असहमति जनाएको थियो ।

 

सम्बन्धित विषय:

प्रतिक्रिया