सिन्धुली– सिन्धुली जिल्लाका ९ स्थानीय तहलाई संघीय सरकारबाट रु तिन अर्ब ५६ करोड २३ लाख बजेट विनियोजन भएको छ । जिल्लाका दुई नगरपालिका र ७ गाउँपालिकालाई केन्द्र सरकारले आर्थिक वर्ष २०७९÷८० का लागि बजेट बाँडफाँट गरेको हो । जसमा कमलामाई नगरपालिकालाई रु ६६ करोड २५ लाख बजेट विनियोजन गरिएको जनाइएको छ ।
त्यस्तै दुधौली नगरपालिकालाई कूल ६० करोड ४० लाख बजेट उल्लेख भएको अर्थ मन्त्रालयले बिनियोजित गरेको बजेट सिलिङमा उल्लेख छ । केन्द्र सरकारले दुई नगरपालिकालाई मात्र रु एक अर्ब २६ करोड ६५ लाख बजेट विनियोजन गरेको छ ।
जिल्लाका सात पालिकामध्ये गोलन्जोर गाउँपालिकाले रु ३० करोड ०७ लाख समपूरक बजेट प्राप्त गरेको छ । त्यसबाहेक घ््याङलेख गाउँपालिकालाई आगामी वर्षका लागि सबैभन्दा कम रु २२ करोड ८३ लाख, तिनपाटन गाउँपालिकाले रु ४९ करोड ५४ लाख बजेट प्राप्त गरको छ । जिल्लाको फिक्कल गाउँपालिकाले रु २९ करोड २० लाख केन्द्रबाट समपूरक बजेट प्राप्त गरेको छ । .मरिण गाउँपालिकालाई ३१ करोड ४५ लाख विनियोजन भएको छ ।
त्यस्तै सुनकोशी गाउँपालिकाले रु ३५ करोड १० लाख, हरिहरपुर गाउँपालिकाले रु ३१ करोड ३९ लाख प्राप्त गरेको छ । जिल्लाको नगरपालिकामा कमलामाई नगरपालिका र गाउँपालिकामा सुनकोशी गाउँपालिकालाई सवैभन्दा बढी बजेट बिनियोजित भएको छ भने घ््याङलेख गाउँपालिकालाई सबैभन्दा कम बजेट बिनियोजित भएको छ ।