बुधवार, कार्तिक २५ गते २०८३

Wednesday 11th November 2026

सिन्धुलीको मरिणलाई नयाँ शहरको रुपमा विकास गर्ने घोषणा

आइतवार , जेठ १५, २०७९

काठमाडौँ– सरकारले आगामी आर्थिक वर्षमा सिन्धुलीको मरिणलाई नयाँ शहरको रुपमा विकास गर्ने घोषणा गरेको छ । अर्थमन्त्री जनार्दन शर्माले बजेट भाषणका क्रममा सिन्धुलीको मरिणलाई साँस्कृतिक र प्राचिनता झल्कने गरी नयाँ शहरको रुपमा विकास गर्ने व्यवस्था मिलाएको बताउनुभएको छ । मरिणलाई नयाँ शहरको रुपमा विकास गर्ने घोषणा गरेसँगै मरिणका स्थानियले खुशी व्यक्त गरेका छन् । मरिण गाउँपालिकाको अध्यक्ष प्रख्यात मुक्तानले संघीय सरकारबाट मरिण गाउँपालिका लाई नयाँ शहरको रूपमा बिकास गर्ने घोषणा भएकोमा सामाजिक संजालबाट धन्यवाद दिनुभएको छ ।

सम्बन्धित विषय:

प्रतिक्रिया