शुक्रवार, कार्तिक २७ गते २०८३

Friday 13th November 2026

सिन्धुलीको ऊँ सत्य साइराम भैंसि फार्ममा हावाहुरिले १५ लाखको क्षति

शुक्रवार , जेठ १३, २०७९

सिन्धुली– बुधबार दिउँसो सिन्धुलीमाढीमा आएको हावाहुरिले पशुचौपायाको मृत्यु भएको छ । हावाहुरिले जिल्लाको कमलामाई नगरपालिका ५, रानिखोलामा रहेको ऊँ सत्य साइराम भैंसि फार्ममा १५ लाख बढिको क्षति पु¥याएको हो ।

फार्मका प्रोपाइटर अनिता खड्काको अनुसार पाँच वटा भैंसिको मृत्यु भएको छ भने गोठहरु भत्किएका छन् । विगत आठ वर्षदेखि संचालनमा रहेको फार्ममा बाख्रा, भैंसि तथा कुमुरा पाल्दै आएको खड्काले बताउनुभयो । यसअघि सिन्धुलीको मरिण गाउँपालिकामा हावाहुरिले झण्डै ४० घरमा क्षति पु¥याएको थियो ।

हावाहुरिका कारण अझै धेरै ठाउँमा क्षति भएपनि पुर्ण विवरण भने आइसकेको छैन ।

सम्बन्धित विषय:

प्रतिक्रिया