सिन्धुली – स्वास्थ क्षेत्र देखि शिक्षा,रोजगारी,कृषि,पर्यटन,पुर्वाधार बिकास,यातायात,खाध्यान लगाएतका बिषयमा बैज्ञानिक तवरले जनताको कार्यगर्न घर घरमै गएर गर्न वा गराउन नव निर्वाचित पालिका प्रमुख शंकर राज बराललाई लिखित रुपमा चलचित्र निर्देशक तथा राष्ट्रिय जनसास्कृतिक महासङका केन्द्रिय सदस्य एवं सिन्धुली जिल्ला इन्चार्ज बिश्वमणि घिमिरेले पालिका प्रमुखले पदभार ग्रहण गरे लगतै सुझाव पत्र बुझाएका छन ।

सुझाव पत्र समाजबाद निर्माणको बैज्ञानिक युग सुहाउँदो रहेको पालिका प्रमुख बरालले बताउनु भएको थियो भने कार्यान्वयनका लागि यो वा त्यो पाटी नभनी राजनीतिलाई समाजसेवा ठानि जनताको सेवामा समर्पित भैइ लाग्नु पर्ने बताउनु भयो ।

कार्यक्रममा नेकपा एमाले सिन्धुली जिल्लाका लोकप्रिय नेता केशव देवकोटा लगाएत पालिकामा निर्वाचित जनप्रतिनिधिहरु लगाएत नेता तथा कार्यकर्ताको बाक्लो उपस्थिति रहेको थियो ।