सिन्धुली–शुक्रबार राति आएको हावाहुरीले मरिण गाउँपालिकाको ४० घरमा क्षेती गरेको छ । जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रवक्ता प्रहरी नायब उपरिक्षक मनोज कुमार लामाका अनुसार गएराति आएको हावाहुरीले मरिण गाउँपालिका क्षेत्रका ४० घरधुरी पुर्ण रुपमा क्षेती गरेको हो । सबै भन्दा बढी मरिण गाउँपालिका ५ र ६ मा हावाहुरीले क्षेती गरेको छ । हावाहुरीले घरको छाना उडाउने, घरनै भत्किने तथा नजिकको रुखले घर किचेको छ ।
हावाहुरीले मरिण गाउँपालिका ६ भुताहाका मिलन ब्लोनको झण्डै २० लाख क्षेती भएको उहाँले बताउनु भयो ो । हावाले कुखुरा फर्म भत्काएको साथै बेच्ने समय भएका तिन सय भन्दा बढी कुखुरा मरेको उहाँले जानकारी दिनु भयो । फर्मको गाह्रो भत्किए केहि ढल्ने अवस्थामा छ भने छानाहरु सबै उडाएको उहाँ बताउनुहुन्छ । “फर्ममा २ हजार कुखुरा थियो ।
हावाले पुरै फर्म छाना, वाल सबै भत्कियो । बाहिर पठाउनको लागि तिन दिन मात्र बाँकी रहेका ३ सय भन्दा बढी कुखुरा मरेको छ । केही त अझै मर्ने अवस्थामा रहेको छ,m” लामाले भन्नुभयो । वर्षाले गर्दा फर्ममा रहेको ३५ बोरा दाना, ५५० बोरा भुष बिग्रिएको छ । हुरी बतास सगैँको वर्षातले झण्डै २० लाख बराबरकौ क्षति भएको उहाँ बताउनुहुन्छ । नव निर्वाचित पालिका अध्यक्ष प्रख्यात मुक्तान सहित अनुगमनको टोलीले क्षतिको विवरण संकलन गरिरहेको छ ।