शुक्रवार, कार्तिक २७ गते २०८३

Friday 13th November 2026

सिन्धुलीका म्यादी प्रहरी घर फर्किए

शनिवार , जेठ ७, २०७९

सिन्धुली – सिन्धुलीमा म्यादी प्रहरीलाई विदाई गरिएको छ । शुक्रबार एक औपचारिक कार्यक्रम गरि जिल्ला प्रहरी कार्यालय सिन्धुलीले म्यादी प्रहरीलाई विदाइ गरेको हो ।

गत वैशाख ६ गते स्थानीय तहको निर्वाचनका लागि सिन्धुलीमा झण्डै १३ सय म्यादी प्रहरी भर्ना गरिएको थियो । स्थानीय तह निर्वाचन २०७९ सम्पन्न गर्न आवश्यक शान्ति सुरक्षा व्यवस्थापनका लागि भर्ना गरिएका म्यादी प्रहरीलाई विदाई गरिएको छ ।

नेपाल सरकारको सेवा सर्तमा रहि ४० दिन बराबरको सेवा सुविधा उपब्ध गराउने गरी म्यादी भर्ना गरिएको थियो । सेवा सुविधा अन्तर्गत पहिलो किस्ता स्वरुप ४० दिनको रासन भत्ता बराबरको चार हजार दुई सय, भ्रमण भत्ता एक हजार दुई सय र पोसाक भत्ता वापतको ६ हजार रकम बैंक खाता मार्फत भुक्तानी भइ सकेको छ ।

प्रतिक्रिया