सिन्धुली- स्थानीय तहका लागि आज भइरहेको मतदानमा सिन्धुलीमा २५ प्रतिशत मत खसेको छ । जिल्ला निर्वाचन कार्यालय सिन्धुलीका अनुसार जिल्लामा २५ प्रतिशत मत खसेको हो । बिहान ७ बजेदेखि १२ बजेसम्म २५ प्रतिशतको हाराहारीमा मतदान भएको जिल्ला निर्वाचन अधिकृत पुष्पा कुमारी झाले बताउनु भयो । 'अहिले रिपोर्ट लिने काम जारी छ, २५ प्रतिशत मतदान भएको हुन सक्ने अनुमान गरिएको छ,' उहाले सिन्धुलीसाैगातसंग भन्नूभयो