शुक्रवार, कार्तिक २७ गते २०८३

Friday 13th November 2026

तिनपाटन गाउँपालिकामा चुनावी सभा गर्न रोक

आइतवार , बैशाख २५, २०७९

सिन्धुली- ­ तिनपाटन गाउँपालिकामा चुनावी सभा गर्न रोक लगाइएको छ । तिनपाटन गाउँपालिका ११ चकमकेमा राजनतिक दलले बैशाख २७ गते गर्न लागेको निर्वाचन लक्षित चुनावी सभा नगर्न निर्वाचन अधिकृतको कार्यालयले आग्रह गरेको हो ।

नेपाल कम्युनिष्ट पार्टी (एकिकृत माक्र्सवादी लेलिनवाद) र नेपाली काँग्रेसको संयुक्त गठबन्धनले गर्न लागेको चुनावी सभा नगर्न निर्वाचन अधिकृतको कार्यलय लाम्पान्टारले शनिबार एक सूचना जारी गर्दै जानकारी गराएको छ ।

निर्वाचन आयोगले जारी गरेको आचार संहिताको दफा १२ (ख) मा स्थानीय प्रशासनको अनुमति नलिई सार्वजनिक स्थलमा कुनै किसिमको जुलुस, आमसभा, कोणसभा, वैठक एवं भेला गर्न नहुने व्यवस्था रहेको छ । दफा १२ (च) मा एक भन्दा वढी राजनीतिक दल, उम्मेदवार वा दलको भातृ संगठनले एकै समयमा एउटै स्थान वा मार्गमा जुलुस, आमसभा कोणसभा, वैठक एवं भेला गर्न नहुने व्यवस्था रहेकोले नेपाल कम्युनिष्ट पार्टी (एकिकृत माक्र्सवादी लेलिनवाद) र नेपाली कांग्रेसको संयुक्त गठबन्धनले बैशाख २७ गते एकै दिन एकै समय र एकै स्थानमा चुनावी सभा गर्न लागेकोले सभा गर्न नमिल्ने निर्वाचन अधिकृत पुष्पराज कटुवालले जानकारी दिनुभयो ।बैशाख ३० गते हुने स्थानीय तह निर्वाचनको लागि २७ गते राती १२ बजे बाट मौन अवधी सुरु हुनेछ ।

प्रतिक्रिया