सिन्धुलीबाट निर्वाचित बागमती प्रदेश सभा सदस्य बिनोद कुमार खड्का सवार गाडी दुर्घटनामा परेको छ । सिन्धुलीको सुनकोशी गाउँपालिकातर्फ जादै गर्दा खड्का सवार स्कारपियो आफैँ अनियन्त्रीत भइ सडकको पिल्लरमा ठोकिएको हो । बा २० च १४३२ नम्बरको गाडी दुर्घटना हुँदा कुनै मानवीय क्षति भने भएको छैन । सुनकोशी गाउँपालिका स्थित अमारेमा आयोजना हुने कार्यक्रममा सहभागी हुन जादा तल्लो बारामा गाडी दुर्घटना भएको हो । मानविय क्षति नभएपनि गाडीको अघिल्लो भागमा क्षति पुगेको छ । उक्त गाडीमा तीनजना सवार थिए ।