बुधवार, कार्तिक २५ गते २०८३

Wednesday 11th November 2026

दुर्घट्ना अपडेटः मृतकको पहिचान खुल्यो

बुधवार , बैशाख २१, २०७९

विपी राजमार्गस्थित काभ्रेको रोशी गाउँपालिका–११ मा भएको सडक दुर्घटनामा मृतक भएकाहरुको पहिचान खुलेको छ । बुधबार दिउँसो सिन्धुलीबाट काठमाडौँतर्फ जादैँ गरेको ना १ ज ४२१० नम्बरको बोलेरो र भारतीय तीर्थयात्री बोकेको यूपी ५८ टी ८१८१ नम्बरको मिनी बस एकापसमा ठक्कर खाँदा सिन्धुलीका ३ जनासहित ५ जनाको मृत्यु भएको थियो । दुर्घटनामा एक यात्रुको अवस्था गम्भीर छ भने १८ जना सामान्य घाइते छन् । दुर्घटनामा १० जना भारतीय नागरिक घाइते छन् ।

जिल्ला प्रहरी कार्यालय काभ्रेका प्रहरी नायव उपरिक्षक (डीएसपी) हरि खतिवडाका अनुसार दुर्घटनामा ज्यान गुमाउनेहरूमा सिन्धुलीको कमलामाई नगरपालिका–६ रामपुरका ३० वर्षीय विक्रम श्रेष्ठ, सुनकोसी गाउँपालिका–१ की ४४ वर्षीया प्रमिला नेपाली, कमलामाई नगरपालिका–४ स्थायी घर भएका जिप चालक हरिबहादुर वल, रामेछापको खाँडादेवी गाउँपालिका–३ की सम्झना भुसाल र उनका ६ वर्षीय छोरा संगीत भुसाल रहेका छन्  दुर्घटनामा मृत्यु हुनेहरू सबै बोलेरोमा सवार यात्रु हुन् । त्यस्तै दुर्घटनामा घाइते भएका १९ जनाको धुलिखेल अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ । प्रहरी नायब उपरीक्षक खड्काका अनुसार भारतीय नागरिक बोकेको गाडी काठमाडौंबाट जनकपुरतर्फ जाँदै थियो।

सम्बन्धित विषय:

प्रतिक्रिया