शुक्रवार, कार्तिक २७ गते २०८३

Friday 13th November 2026

सिन्धुलीमा देवर माओवादी र भाउजु कांग्रेसको उम्मेदवार

बुधवार , बैशाख २१, २०७९

सिन्धुली– स्थानीय तहको चुनाव सिन्धुलीमा रोचक भिडन्त हुने भएको छ । परिवारको सदस्यबिच सिन्धुलीको कमलामाई नगरपालिकामा चुनावी मैदानमा उत्रिएका छन् । देवर–भाउजु नै फरक फरक पाटीबाट चुनावी मैदानमा उत्रिएका हुन् ।

कमलामाई नगरपालिका ५ नम्बर वडामा देवर माओवादी र भाउजु कांग्रेसबाट वडा सदस्य पदको दौडमा छन् । कांग्रेसबाट भाउजु सम्झना रोक्का र माओवादीबाट पदम बहादुर रोक्का ‘पवन’ वडा सदस्य पदका उम्मेद्वार छन् । पवन खुला सदस्य र सम्झन महिला सदस्यबाट भिडिरहेका छन् । फरक पाटी भएपनि एक आपसमा सौहार्दतापुर्व तरिकाले देवर–भाउजु चुनावमा होमिएका छन् । देवर–भाउजु बिहानै घरबाट निस्किएर रातीमात्रै घरमा आइपुग्छन् । माओवादीबाट वडा सदस्यमा होमिएका पवन रोक्काले घरभित्र देवर–भाउजु, गेट बाहिर गएपछि आ–आफ्नो पार्टीको काममा लाग्ने गरेको बताउनुभयो । कमलामाई नगरपालिका ५ नम्बर वडाको अध्यक्षमा  कांग्रेसबाट पुर्णबहादुर खड्का र एमालेबाट चुडामणि श्रेष्ठ चुनावमा भिड्दै छन् ।

सम्बन्धित विषय:

प्रतिक्रिया