सिन्धुली – सिन्धुलीको तिनपाटन गाउँपालिका–१ र ५ को सिमना नक्कलेमा बागमती प्रदेश–०१–०२६ च ०४५६ नम्बरको बोलेरो जीप दुर्घटना हुँदा मृत्यु हुने तीन जनाको पहिचान खुलेको छ ।
दुर्घटनामा सात जना बढी घाइते भएका छन् । दुई जनाको अवस्था गम्भीर रहेको छ । जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रबक्ता प्रहरी नायव उपरिक्षक मनोजकुमार लामाका अनुसार दुर्घटनामा तिनपाटन गाउँपालिका–९ आम्बोटेका वर्ष ४५ का तुलसीराम पहाडी, वर्ष ५१ का रामजीप्रसाद भण्डारी र कमलामाई नगरपालिका–७ की वर्ष ३० की रुपा लुंगेली मगरको घटनास्थलमै मृत्यु भएको हो ।
जीपमा चालकसहित १२ जना सवार थिए । स्थानीयका अनुसार बोलेरो सिन्धुलीबाट चकमकेको वाङरिङतर्फ जाँदै थियो ।

घाइते हरुमा चालक जि.सिन्धुली दुधौली न.पा.५ सिर्थौली बस्ने बर्ष २२ को राजु खत्री बाया गोडा फ्याक्चर छातिमा चोट(मध्यम), जि.सिन्धुली तिनपाटन गा.पा. ९ बस्ने बर्ष अ. २१ को मिन बहादुर बि.क. भित्री चोट (मध्यम), ऐ.ऐ.बस्ने बर्ष अ. २८ को कृष्ण दाहाल टाउकोमा चोट (मध्यम), जि.सिन्धुली दुधौली न.पा. ४ जुटपानी बस्ने बर्ष अ. ३६ कि लिला मगर ढाडमा चोट (मध्यम),जि.सिन्धुली कमलामाई न.पा.७ बस्ने बर्ष अ. ६ को त्रीपन श्रेष्ठ आखा माथी चोट (मध्यम)जि.सिन्धुली तिनपाटन गा.पा.९ बस्ने बर्ष अ.५२ को तुलसिराम पहाडी टाउकोमा चोट (गम्भिर),ऐ.ऐ.बस्ने बर्ष अ.५४ को कर्ण ब.बि.क. दाहिने आखामा चोट (गम्भिर)
घाइतेको स्थानीय र प्रहरीले उद्धार गरेर बेलघार स्वास्थ्य चौकीमा उपचारका लागि लगीएको छ । गम्भीर घाइते दुईजनालाई थप उपचारका लागि सिन्धुली अस्पतालतर्फ ल्याइदैँ गरिएको बताइएको छ ।