शुक्रवार, कार्तिक २७ गते २०८३

Friday 13th November 2026

पञ्चेबाजाले गुञ्जियो सिन्धुलीका निर्वाचन अधिकृतको कार्यालय

मंगलवार , बैशाख १३, २०७९

सिन्धुली – स्थानीय निर्वाचनका लागि उम्मेदवारको मनोयन गर्ने पहिलो दिन आइतबार सुनसान प्रायः रहेको सिन्धुलीको निर्वाचन अधिकृतको कार्यालयको माहोल सोमवार एकाएक बदलियो । स्वतन्त्र उम्मेदवारले आइतवारनैै उम्मेदवारी दर्ता गराएका भए पनि ठूला दलहरुले सोमवारज मध्याह्नपछि मात्र बजागाजा र दलबलसहित आआफ्नो उम्मेदवारको मनोनयन दर्ता गराए ।

सिन्धुलीमा स्थानीय तह निर्बाचनका लागि राजनीतिक दलका उमेद्वारहरुले उत्साहजनक रुपमा पंचेबाजा सहित निर्बाचन अधिकृतको कार्यालयमा उमेद्वारी दर्ता गराएका छन् ।

सत्तारुढ गठबन्धन, प्रमुख प्रतिपक्षी दल नेकपा एमाले, राप्रपा लगायतका राजनीतिक दलले पञ्चेबाजा सहित ¥याली निकालेर जिल्लाका नौ वटै स्थानीय तहको निर्बाचन अधिकृतको कार्यालयमा आ–आफ्नो दलको उमेद्वारी दर्ता गराएका हुन् ।

उक्त कार्यालयका अनुसार बेलुका पाँच बजेपछि पनि सर्ब निर्बाचन अधिकृतको कार्यालयका मनोनयन दर्ता गर्ने क्रम भई रहेकाले सम्पूर्ण बिबरण आउन बाँकी रहेको छ । सम्बन्धित स्थानीय तहको निर्बाचन अधिकृतको कार्यालयका अनुसार कमलामाई नगरपालिकामा सत्तारुढ गठबन्धनको तर्फबाट मेयर पदमा नेपाली काँग्रेसका उमेद्वार उपेन्द्रकुमार पोख्रेल र उपमेयरमा नेकपा माओवादी केन्द्रको तर्फबाट दिर्घराज श्रेष्ठले उमेद्वारी दर्ता गराउनु भएको छ । नेकपा एमालेको तर्फबाट मेयर पदमा महेन्द्रदेव श्रेष्ठ र उपमेयरमा मञ्जु देवकोटाले उमेद्वारी दर्ता गराउनु भएको छ ।

राप्रपाबाट मेयर पदमा मुकुन्द गजुरेलले उमेद्वारी दर्ता गराउनु भएको छ । दुधौली नगरपालिकामा सत्तारुढ गठबन्धनको तर्फबाट मेयर पदमा नेकपा माओवादी केन्द्रका दिनेश अधिकारी दनुवार र उपमेयरमा नेपाली काँग्रेसका चन्द्रकिसोर थारुले उमेद्वारी दर्ता गराउनु भएको छ । नेकपा एमालेको तर्फबाट मेयर पदमा लक्ष्मण कार्की र उपमेयरमा बालकुमारी अधिकारी दनुवारले उमेद्वारी दर्ता गराउनु भएको छ । दुधौली नगरपालिकाको मेयरमा स्वतन्त्र उमेद्वारको रुपमा केदारप्रसाद गिरी र भक्तिबिलास दाहालले तथा र सुनकोशी गाँउपालिमा उत्तरकुमार लामाले अध्यक्ष पदमा स्वतन्त्र उमेद्वारको रुपमा उमेद्वारी दर्ता गर्नु भएको छ । सुनकोशी गाँउपालिकामा सत्तारुढ गठबन्धनको तर्फबाट अध्यक्ष पदमा नेकपा माओवादी केन्द्रकी दिपा बोहोरा लामिछाने र उपाध्यक्षमा नेपाली काँग्रेसका कपिल कोईरालाले उमेद्वारी दर्ता गराउनु भएको छ । नेकपा एमालेको तर्फबाट रोमनराज गिरी र उपाध्यक्षमा हेमा अधिकारीले उमेद्वारी दर्ता गर्नु भएको छ ।तीनपाटन गाँउपालिकामा सत्तारुढ गठबन्धनको तर्फबाट अध्यक्ष पदमा नेपाली काँग्रेसका कर्णबहादुर थापामगर र उपाध्यक्षमा नेकपा माओवादी केन्द्रबाट धनबहादुर पुलामीले उमेद्वारी दर्ता गर्नु भएको छ । नेकपा एमालेबाट अध्यक्ष पदमा छत्र दाहाल र उपाध्यक्षमा पदममाया तमाङले उमेद्वारी दर्ता गर्नु भएको छ ।फिक्कल गाँउपालिकमा सत्तारुढ गठबन्धनको तर्फबाट अध्यक्षमा नेपाली काँग्रेसका नृप भुजेल र उपाध्यक्षमा नेकपा माओवादी केन्द्रबाट लोकेन्द्र कार्कीले उमेद्वारी दर्ता गर्नु भएको छ ।

नेकपा एमालेबाट अध्यक्ष पदमा पार्बती सुनुवार र उपाध्यक्ष पदमा राजुबरालले उमेद्वारी दर्ता गर्नु भएको छ । गोलन्जोर गाँउपालिकामा सत्तारुढ गठबन्धनबाट अध्यक्षमा पुष्पबहादुर कार्की र उपाध्यक्षमा ज्वालाप्रसाद न्यौपानेले उमेद्वारी दर्ता गर्नु भएको छ । नेकपा एमालेबाट अध्यक्षमा शंकर बराल र उपाध्यक्षमा ममता देवकोटाले उमेद्वारी दर्ता गर्नु भएको छ ।

त्यस्तै मरिण गाँउपालिकामा सत्तारुढ गठबन्धनको तर्फबाट अध्यक्षमा नेकपा माओवादी केन्द्रका बिमर्श मोक्तान र उपाध्यक्षमा नेपाली काँग्रेसको तर्फबाट बिमला माझीले उमेद्वारी दर्ता गराउनु भएको छ । नेकपा एमालेको तर्फबाट अध्यक्षमा गोबिन्दलाल माझी र उपाध्यक्षमा संगिता माझीले उमेद्वारी दर्ता गर्नु भएको छ ।

घ्याङलेख गाँउपालिकामा सत्तारढ गठबन्धनबाट अध्यक्ष पदमा नेपाली काँग्रेसका जगतबहादुर भोलन र उपाध्यक्षमा नेकपा माओवादी केन्द्रबाट शंकरमान घलानले उमेद्वारी दर्ता गर्नु भएको छ । नेकपा एमालेबाट अध्यक्षमा चतुरमान लो र उपाध्यक्षमा प्रमिला वाईवाले उमेद्वारी दर्ता गर्नु भएको छ ।

हरिहरपुरगढी गाँउपालिकामा सत्तारुढ गठबन्धनको तर्फबाट अध्यक्ष पदमा नेकपा माओवादी केन्द्रबाट बज्रध्वज वाईवा र उपाध्यक्षमा नेपाली काँग्रेसबाट बमबहादुर स्वाङबाले उमेद्वारी दर्ता गर्नु भएको छ । नेकपा एमालेबाट अध्यक्षमा मानबहादुर वाईवा र उपाध्यक्षमा निर्मला ठाडामगरले उमेद्वारी दर्ता गर्नु भएको छ ।

प्रतिक्रिया