सिन्धुली १२ बैशाख- राष्ट्रिय सेवा दल मध्य पुर्वी तालिम शिक्षालय हात्तिखोर नबलपरासीको सोह्रौ ब्याचमा सिन्धुलीको सिद्धस्थली इङलिस आवाशिय माध्यमिक विद्यालय प्रथम भएको छ । नेपाली सेना अन्र्तगतको राष्ट्रिय सेवा दलद्धारा आयोजित सिनियर एनसीसी तालिममा सिद्धस्थली प्रथम भएको सिद्धस्थली बोर्डिङका प्रिन्सिपल ओम प्रधानले जानकारी दिए ।
राष्ट्रिय सेवा दल मध्य तालिम शिक्षालय अन्र्तगतका ११ ओटा जिल्लाका १५ ओटा विद्यालय सहभागित भएको मध्य सिन्धुलीको सिद्धस्थली प्रथम भएको थियो । राष्ट्रिय सेवाको विभिन्न विधाका तालिम तथा अन्य मनोरञ्जनात्क क्रियाकलापममा सिद्धस्थली प्रथम भएको प्रिन्सिपल प्रधानले जनाए ।
राष्ट्रिय सेवा दल मध्य तालिम शिक्षालयबाट ३५ दिनसम्म विद्यालयमै र १५ दिन शिक्षालयमा तालिम दिइएको थियो । नेपाली सेनाले आवश्यक पर्दा देशका लागि स्वयम्सेवकको रुपमा काम गर्न सक्ने गरि बर्षेनी विद्यालयका विद्यार्थीहरुलाई तालिम दिने गरेको छ ।
सिद्धस्थलीबाट १८ जना छात्र र १८ जना छात्रा गरि ३६ जना तालिममा सहभागि भएको विद्यालयले जनाएको छ । तालिमले विद्यार्थीमा अनुशाशित बनाउनुका साथै देशप्रति बफादार बनाएको नेपाली सेनाले जनाएको छ । देशलाई विपद् पर्दा स्वयम्सेवकको रुपमा परिचालन गर्ने दस्ताको रुपमा विद्यार्थी तयार भएका छन् ।