सिन्धुली – सिन्धुलीमा प्रहरीले तिन लाख भन्दा बढी मुल्यको अबैध चिनि सहित दुइ चालकलाई पक्राउ गरेको छ । शनिबार कमलामाई नगरपालिका ७ माझिटार स्थित प्रहरी चेकपोष्टमा जील्ला प्रहरी कार्यालय सिन्धुलीबाट खटिएको प्रहरी टोलिले सवारी साधनहरु चेकजाँच गर्ने क्रममा तिन लाख ८४ हजार मुल्यको अवैध चिनि सहित दुइ गाडी र चालकलाई पक्राउ गरेको हो ।
महोत्तरीको गौशालाबाट काठमाडौँ तर्फ जाँदै गरेको प्र.२– ०४–००१ च ००८० नम्बरको बोलेरोमा प्रहरीले १ लाख ९२ हजार मुल्यको अवैध चिनि सहित चालक गोलन्जोर गाउँपालिका ७ का २५ वर्षिय अशोक नेपालीलाई पक्राउ गरेको छ । बिड्ला सुगर लेखेको भारतीय ५० के.जी. को २५ बोरा ,मैजापुर चिनि मिल्स उत्तर प्रदेश लेखेको ५० के.जी.को ३५ बोरा गरी जम्मा ६० बोराको अन्दाजी एक लाख बयानन्बे हजार र गाडीको अन्दाजी मुल्य दश लाख समेत बरामद गरेको जील्ला प्रहरी कार्यालय सिन्धुलीका प्रबक्ता प्रहरी नायब उपरिक्षक मजोज कुमार लामाले बताउनुभयो ।
यस्तै महोत्तरीको गौशाला बाट काठमाडौँ तर्फ जादै गरेको प्र. २–०३–००१ च ३०५४ नम्बरको गाडीमा प्रहरीले अन्दाजी एक लाख ९२ लाख मुल्यको अवैध चिनि फेला पारेको छ । मैजापुर चिनि मिल्स उत्तर प्रदेश लेखेको ५० के.जी.को ६० बोराको अन्दाजी एक लाख बयानन्बे हजार र गाडीको अन्दाजी दश लाख बरामद गरेको प्र.ना.उ लामाले बताउनुभयो ।
उहाँका अनुसार गाडी चालक महोतरी गौशाला नगरपालिका १ का २२ वर्षिय धिरेश कुमार महतोलाई समेत पक्राउ गरिएको छ । दुबै गाडी र चालकलाई आबश्यक कार्बाहिको लागी राजश्व अनुसन्धान बिभाग हरीहरभबन ललितपुर पठाईएको उहाँले जानकारी दिनुभयो ।