सिन्धुली – नेकपा माओवादी केन्द्र बागमती प्रदेशका सचिवालय सदस्य तथा मरिण गाउँपालिकाका निर्वाचित अध्यक्ष पानिराज बम्जनले पार्टीको जिम्मेवार ठाउँबाट राजिनामा दिएको तर पार्टी नछोडेको बताउनु भएको छ । बम्जनले नेतृत्वकर्ताको निर्णय प्रति असन्तृष्टि जनाउँदै पार्टीको जिम्मेवार बाट राजिनामा दिएको तर पार्टी नछोडेको बताउनु भएको हो ।
बैशाख ३० गते हुने स्थानियतहको निर्वाचनमा माओबादी केन्द्रको पकेट क्षेत्र आधारभुमि मानिएको मरिण गाउँपालिका जनताको कुरा नै नसुनि एकल निर्णय गरी काँग्रेसलाई जिम्मा लगाएकोमा असन्तृष्टि ब्यक्त गर्नुभयो । उहाँले भन्नुभयो “जहाँ जहाँ पार्टी कमजोर छ । उक्त पालिमामा मात्रै तालमेल गरेर जाने भनेपनि माओवादीको आधारभुमि मानिएको मरिणलाई विना सहमति काँग्रेसलाई उपप्रमुख दिइयो । यसमा मरिण गाउँपालिकाका जनताको मनोभाबनाको कदर भएन ।”
माओवादी पार्टीबाट बाहिरीने अबस्थापनि नरहेको बताउँदै बम्जनले नेतृत्वले निर्णय प्रक्रियामा जनबादीको ख्याल नगरेको बताउनु भयो । पालिकाको वडातहसम्म जनबादको अभ्यास गर्न नदिएको उहाँको तर्क छ । पार्टीका नेतृत्वकर्ताले पुरानो निर्वाचित जनप्रतिनिधिलाई नदोहोर्याउने नाममा आफु अनुकुलतामा पुन पुरानै जनप्रतिनिधि दोहोर्याएको तर्क ब्यक्त गर्नुभयो । नेतृत्वलाई बढि चाप्लुसि नगर्ने कार्यकर्तालाई नेतृत्वकर्ताले पक्षपात गरेको बताउँदै नेतृत्वकर्ताको निर्णय प्रक्रिया सच्याउन बम्जनले माग गर्नुभएको छ । अन्यथा बिकल्प खोज्न बाध्य हुने उहाँले बताउनु भयो ।
शुक्रबार बम्जन सहित मरिण गाउँपालिकाका माओबादी केन्द्रका गाउँकमिटी उपाध्यक्षको नेतृत्वमा ७८ जनाले पार्टीको जिम्मेवारबाट राजिनामा दिएका थिए ।