शुक्रवार, कार्तिक २७ गते २०८३

Friday 13th November 2026

सिन्धुली प्रहरीद्वारा झण्डै १ करोड बराबरको काठ बरामद

शनिवार , बैशाख १०, २०७९

सिन्धुली– सिन्धुलीमा प्रहरीले अबैद गोलिया काठ बरामद गरेको छ । विहिबार जिल्ला प्रहरी कार्यालय सिन्धुलीबाट प्राप्त बिशेष सुचनाको आधारमा ईलाका प्रहरी कार्यालय कपिलाकोटबाट प्रहरी निरिक्षको कमाण्डमा खटिएको टोलिले हरिहरपुरगढी गाउँपालिका १ बागमती खोला किनारमा चोरी निकासी हुन लागेको गोलिया काठ बरामद गरेको हो ।

अबैध रुपमा चोरि निकासि हुन लागेको अबस्थामा साल जातको काठ गोलिया १ सय ८० थान १५४५.५३ क्यु फिट र अन्य जातको गोलिया ७१ थान ७५१.९१ क्यु फिट गरी जम्मा २२९७.४४ क्यु फिट काठ बरामद गरी आबश्यक कार्बाहिको लागी डिभिजन वन कार्यालय मरिण कपिलाकोटमा बुझाईएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रहरी उपरिक्षक विमलराज कडेलले जानकारी दिनुभयो । उक्त काठको मूल्य झण्डै एक करोड पर्ने एक व्यवसायीले जनाए ।

सम्बन्धित विषय:

प्रतिक्रिया