सिन्धुली – सिन्धुलीमा प्रहरीले लागु औषध सहित दुइ जनालाई पक्राउ गरेको छ । कमलामाई नगरपालिका ९ भिमान स्थित प्रहरी चेकपोईन्टमा सवारी साधन चेकजाच गर्ने क्रममा बिर्तामोडबाट काठमाडौँ तर्फ आउँदै गरेको बा.४.ख ६६७३ न.को हाईसमा सवार दुई व्यक्तिले लुकाइछिपाइ ल्याएको लागुऔषध प्रहरीले फेला पारेको हो । सर्लाही हरिपुर नगरपालिका २ का १८ वर्षिय प्रसान्त गोले र सोहि स्थानका १८ वर्षिय नम पुलामी मगरले बोकेको कालो रंगको भिर्ने झोला भित्र कालो प्लास्टिकको झोलामा लुकाई छिपाई ल्याएको लागुऔषध फेला पारेको जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रबक्ता प्रहरी नायब उपरिक्षक मनोज कुमार लामाले बताउनुभयो ।
उहाँका अनुसार नाईट्रोभेट –१० लेखिएको ७० पत्ता, १ पत्तामा ३० पिसको दरले जम्मा दुइ हजार एक सय पिस, नोफिन–४ पिसएम्पुल, डाइजपाम–४ पिस एम्पुल र फेनारगन–४ पिस एम्पुल गरी जम्मा १२ पिस एम्पुल, सिरिन्ज३ पिस लागु औषध जस्तो देखिने ट्याबलेट सहित दुई जनालाई पक्राउ गरिएको हो । उनीहरुलाई सिन्धुली जिल्ला अदालतबाट ७ (सात)दिन म्याद थप गरी आबश्यक अनुसन्धान गरिरहेको उहाँले बताउनुभयो ।