सिन्धुली – उद्योग वाणिज्य संघ सिन्धुलीले सिन्धुलीमाढीमा घरदैलो भेटघाट कार्यक्रम संचालन गरेको छ । संघले जिल्लाको आवश्यकता र बदलिदो परिस्थिति अनुसार काममा अझ बढी व्यापकता ल्याई उद्योग र वाणिज्य क्षेत्रलाई सुव्यवस्थित एवं सुदृढ पार्नका लागि कार्यक्रम संचालन गरेको हो ।
कमलामाई नगरपालिका ४ ढुंग्रेबास, धुराबजार, एक नम्बर बजार हुदै मघुटार सम्म व्यवसायीहरुसँग घरदैलो भेटघाट कार्यक्रम संचालन भएको थियो । जिल्लाको अर्थतन्त्रलाई दरिलो पार्ने काममा ठोस योगदान पु¥याउन र उद्योग तथा वाणिज्य लगायतका आर्थिक कृयाकलापमा पूँजि लगानी गरी व्यवसायमा संलग्न उद्योगी तथा व्यापारीको हकहितको संरक्षण एवं सम्र्बद्धन गर्न सिन्धुली उद्योग वाणिज्य संघ लागि परेको छ ।
उपभोक्ताहरुलाई गुणस्तरीय, सुलभ र उचित मूल्यमा वस्तु तथा सेवा उपलब्ध गराउन तथा बजारलाई प्रतिस्पर्धी र स्वच्छ बनाउन बजार अनुगमनको कार्यलाई निरन्तरता दिदै आइरहेको संघले जनाएको छ । “व्यवसाय गर्दा कतिपय कुराहरुको व्यवसायीले ध्यान नदिदा साना–साना कुराहरुले समस्या, झन्झट व्यवसायीहरुले झेल्नु पर्ने हुन्छ । ती साना साना समस्या, झन्झटहरु भोग्नु नपरोस भन्ने हेतुले यस संघबाट यो जानकारी मूलक प्रचार प्रसार सामग्री व्यवसायीहरुको हितका लागि तयार पारिएको हो ।” उद्योग वाणिज्य संघ सिन्धुलीका अध्यक्ष अर्जुन कुमार श्रेष्ठले भन्नुभयो । उहाँका अनुसार व्यवसायीलाई व्यवसाय आचारसहिंताको बारेमा जानकारी गराइएको छ । साथै व्यवसायीहरुले व्यवसाय गर्दा ध्यान दिनपर्ने कुराका बारेमा समेत जानकारी गराइएको थियो ।