सिन्धुली–अबरुद्ध बीपी राजमार्ग खुलाउन प्रहरीले बन्दकर्तालाइ लखेट्न खोज्दा भएको दोहोरो झडपले बीपी राजमार्ग अन्तर्गत कमलामाइ नगरपालिका २ पिपलभन्ज्याङ तनाव ग्रहस्त बनेको छ ।
वन्दकर्ताले स्थानीयले प्रहार गरेको ढुङ्गा र बोतलले लागेर ११ जना प्रहरी घाइते भएका छन् । उनीहरुको सिन्धुली अस्पतालमा उपचार भैरहेको छ । घाइते मध्ये ३ जनालाइ गम्भिर चोट लागेको प्रहरीले जनाएको छ ।

बोलेरोको ठक्करबाट गम्भिर घाइते भएका पैदलयात्री ३९ वर्षीय विजय मोक्तानको मृत्यु भएपछि स्थानीयले कारवाही र क्षतीपुर्ति माग गर्दै आज बिहानबाट सडक अवरुद्ध गरेका छन् । दोहोरो झडप रोकी राखेका केही सवारी साधनमा समेत क्षती पुगेको छ । पिपलभन्ज्याङको सडकमा माथिबाट स्थानीय बन्दकर्ताले प्रहरी लक्षित गरेर ढुङ्गा र खाली बोतल र दाउरा प्रहार गरि रहेका छन् भने प्रहरीले तलबाट केही राउण्ड अश्रु ग्यास र हवाइ फायर गरेको छ ।
बीपी राजमार्गअन्तर्गत सिन्धुलीमाडी–खुर्कोटखण्डको पिपलभन्ज्याङमा बुधबार बिहान साढे ११ बजेदेखि स्थानीयले सडक अवरुद्ध गरेका छन् । प्रहरीका अनुसार बीपी राजमार्ग भएर पिपलभन्ज्याङ–पचभैया जाने सडकमा प्रदेश ३–०१–०२४ च १४१९ नम्बरको बोलेरोले पैदलयात्री ३९ वर्षीय विजय मोक्तानलाइ ठक्कर दिँदा गम्भीर घाइते भई उपचारका क्रममा बुधबार बिहान मृत्यु भएको हो । मोक्तानलाई मंगलबार राति जिपले ठक्कर दिएको थियो ।
स्थानीय वन्दकर्ताले बीचमा फसेका केही प्रहरीलाइ भने सकुसल छाडिदिएका छन् । सयौंको संख्यामा सवारीसाधनहरु जाममा परेका छन् । झडप रोक्न र अवरुद्ध राजमार्ग खुलाउन पहल भैरहेकाृे प्रमुख जिल्ला अधिकारी रमेश न्यौपानेले बताए ।