सिन्धुली– वैशाख ३० गते हुने स्थानिय तहको निर्वाचनको लागी जिल्ला सुरक्षा समिती सिन्धुलीले जिल्लाका २३ मतदान केन्द्रलाई अति संवेदनशिल मतदान केन्द्र लिएको छ । यस्तै सुरक्षा समितीले ६२ मतदान केन्द्रलाई संवेशनशील केन्दको रुपमा लिएको छ ।
जिल्लमा १४७ मदान स्थल तथा २६८ मतदान केन्द्र रहेका छन् । अतिसंवेदनशिल मतदान केन्द्र मा ३ घेराको सुरक्षा व्यवस्था गरिएको हुन्छ । पहिलो घेरामा जनपथ प्रहरी,दोश्रो घेरामा शसस्त्र प्रहरी वल, तथा तेश्रो घेरामा नेपाली सेनाले मतदान केन्द्रको सुरक्षा दिन्छ ।
जिल्ला सुरक्षा समितीले निर्वाचनमा हरेक हिसावले संवेदनशिलको रुपमा फिक्कल गाँउपालीकामा ७ वटा मतदान केन्द्रलाई संवेदनशिल मतदान केन्द्रको रुपमा लिएको छ । फिक्कल गाँउपालीकाको वडा नम्वर १ को मावी महादेवडाँडा,आवि काउले, र मावि ढोडेनी रहेका छन् ।
यसै गरी फिक्कलकै वडा नम्वर ३ को मावि चनौटे,मावि खुरहरी छन । सोही गापाको वडा नम्वर ६ मावि सालुके तथा मावि देउरालीडँडालाई पनि अतिसंवेदनशिल मतदान केन्द्रको रुपमा जिल्ला सुरक्षा समितीले लिएको छ ।
मरिण गाँउपालीकाको वडा नम्वर १ कात्तिके खलंगालाई अतिसंवेदनशिल मतदान केन्द्रमा राखीएको छ ।यस्तै सुनकोशी गाँउपालीकाको वडा नम्वर ५ को प्रावि लिट्टेभन्ज्याङ्ग,पन्चकन्या आधारभुत विद्यालय सुनकोशी ७ तथा कालिका आधारभुत विद्यालय सुनकोशी ४ लाई पनि अतिशंवेदनशिल मतदान केन्द्रको रुपमा हेरीएको छ ।
यसै गरी तिनपाटन गाँउपालीकाको वडा नम्वर ३ को पाटनदेवी मावि कोटगाँउ,वडा नम्वर ४ को आधारभुत विद्यालय सिम्ले तथा आधारभुत विद्यालय सालुके तथा वडा नम्वर १० को वाङरिंगफेदी रहेका छन् ।
दुधौली नगरपालीकाको वडा नम्वर १२ को वुङवुङ,वडा नम्वर १३ को अरुणडाँडा, र वडा नम्वर १४ को झाक्रीटारलाई अतिशंवेदनशिल मतदान केन्द्रको रुपमा हेरिएको छ ।
यस्तै हरिहरपुरगढी गाँउपालीकाको वडा नम्वर ७ को प्रावि राँगेदोभान पान्तले क्यानेश्वर,वडा नम्वर १ को आधारभुत विद्यालय वसेरी तथा आधारभुत विद्यालय कर्मीडाँडालाई जिल्ला सुरक्षा समितीले अतिसंवेदशनशिल मतदान केन्द्रको रुपमा लिएको छ ।