शुक्रवार, कार्तिक २७ गते २०८३

Friday 13th November 2026

मोटरसाइकल चोरी गर्ने सिन्धुलीका एक सहित २ जना पक्राउ

मंगलवार , बैशाख ६, २०७९

सिन्धुली – मोटरसाइकल र स्कुटर चोरी गर्ने दुई जनालाई सिन्धुलीमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ । प्रहरीले मोटरसाइकल चोरी गर्ने सिन्धुलीको तीनपाटन गाउँपालिका १० का २१ बर्षिय भुबन बि.क.(बराईली) र काभ्रे तिमाल गाउँपालिका ९ का २१ बर्षिय सुमीर दोङ तामाङलाई पक्राउ गरेको छ ।

जिल्ला प्रहरी कार्यालय सिन्धुलीको प्रबक्ता प्रहरी नायव उपरीक्षक मनोजकुमार लामाका अनुसार बागमति प्रदेश ०२. ०३१ प ८८५८ नं. को स्कुटी र बा ५८प ४०४ नं.को मोटरसाइकल सहित दुई जना पक्राउ परेका हुन् ।

सुमिर बैशाख ५ गते प्रहरी चौकी दुम्जाबाट खटिएको प्रहरी टोली सुनकोशी गाउपालिका १ आंपघारीमा रहेको न्यु ज्ञान मोटर साईकल वर्क सप बाट पक्राउ परेका हुन । २०७८ चैत १९ गते काभ्रे बनेपा नगरपालिका ८ का हरेराम काफ्लेको स्कुटर चोरी भएको थियो । प्रहरीमा उजुरी परेपछि खोजी गर्दै गर्दा स्कुटर फेला परेको जिल्ला प्रहरी कार्यालयका नायव उपरीक्षक लामाले जानकारी दिनुभयो । सुमीरलाई कार्बाहिको लागि जिल्ला प्रहरी कार्यालय काभ्रेमा बुझाइएको उहाँले जानकारी दिनुभयो ।

बैशाख ४ गते प्रहरी चैकी कुशेस्वर दुम्जाको चेकपोष्टमा सवारी साधनहरुलाई चेकजाँच गर्ने क्रममा काठमाँडौबाट सिन्धुली तर्फ आउँदै गरेको बा ५८प ४०४ नं.को मोटरसाइकल चेक जाँच गर्दा चोरी भएको खुल्न आएको उहाँले जानकारी दिनुभयो ।

भुबन बि.कले भक्तपुरको सुर्यबिनायक बाट चोरी गरी ल्याएको भनी खुल्न आएकोले आवश्यक कार्बाहिको लागि प्रहरी बृत्त भक्तपुरमा जिम्मा लगाईएको उहाँले जानकारी दिनुभयो ।

प्रतिक्रिया