बुधवार, कार्तिक २५ गते २०८३

Wednesday 11th November 2026

सिन्धुलीमा विप्लव नेतृत्वको नेकपाले उम्मेदवार टुंगो लगायो

सोमवार , बैशाख ५, २०७९

सिन्धुली– नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ले स्थानिय तहको चुनावकालागि उम्मेदवार खडा गरेको छ । सोमबार बसेको नेकपा सिन्धुलीको बैठकले मरिण गाउँपालिका अध्यक्षको उम्मेदवार सर्वसम्मतले टुंगो लगाएको छ । बैठकले स्वतन्त्र उम्मेदवार दिनेश सारुलाई अध्यक्षको उम्मेदवारमा चयन गरेको जिल्ला सेक्रेटरी गोपाल ब्लोनले जानकारी दिनुभयो । ओखलढुंगा जिल्ला सेक्रेटरी समेत रहनुभएका सारुले नेकपामा रहेर विभिन्न जिम्मेवारी सम्हालिसक्नु भएको छ ।

त्यसैगरि, बैठकले फिक्कल गाउँपालिका ६ नम्बर वडामा अर्जुन राई र दुधौली नगरपालिका ८ नम्बर वडामा भरत दाहाललाई उम्मेदवार चयन गरेको छ । बैठकमा जिल्लाका अन्य स्थानिय तहमा पनि उम्मेदवार खडा गर्न छलफल भएको जिल्ला सेक्रेटरि ब्लोनले बताउनुभयो । बैठकपछि सिन्धुली सौगातसँग कुरा गर्दै एक नेताले नेकपाबाट दुधौली नगरपालिकाको प्रमुखको उम्मेदवारमा सिरहा जिल्ला सेक्रेटरी सुशिल हमालको नाम चर्चामा रहेको बताए । बैठकले जनपक्षिय, राष्ट्रवादि, देशभक्त र प्रगतिशिल विचार बोक्ने स्वतन्त्र उम्मेदवारलाई उठाउने निर्णय गरेको छ ।

आगामी स्थानीय तहको निर्वाचनका लागि नेकपा निर्वाचन आयोगमा दर्ता भएको छैन । आयोगमा दर्ता नहुने भएपछि नेकपाका नेताहरुले स्वतन्त्र उम्मेद्वारी दिएका छन् ।

सम्बन्धित विषय:

प्रतिक्रिया