सिन्धुली – आगामी बैशाख ३० गतेको स्थानिय तह चुनावमा माओवादी केन्द्रले आफ्नो जित हासिल गर्न गृहकार्य गरिरहेको छ । पार्टी अहिले जनतासँग प्रत्यक्ष छलफल गरेर उमेदवार छनोट पक्रिया छ । कुन उमेदवारलाई पालिका तथा वडामा उठाउँदा जनताको इच्छा आकांक्षा पुरा हुन्छ साथै जनताले कुन नेतालाई पत्याउछन भन्ने विषयमा आम बहसको भइरहेको सिन्धुली सौगातको बहस कार्यक्रममा नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)का केन्द्रिय सदस्य तथा जिल्ला इन्चार्ज लेखनाथ दाहाल (राजन) ले बताउनुभयो ।
उमेदवार छनोटको अन्तिम चरणमा पुगेको उहाँले जानकारी दिनुभयो । केहि वडामा सर्वसम्मत उमेदवार छनोट भइसकेको र केहि वडा तथा पालिकामा उमेदवार छनोट पक्रियामा रहेको उहाँले बताउनुभयो । जिल्लाको पाँच स्थानिय तहमा आफुहरुको जित सुरक्षित रहेको उहाँको भनाइ छ । “हरिहरपुरगढी, मरिण, घ्याङलेख, सुनकोशी गाउँपालिका र दुधौली नगरपालिकामा ठुलो मताधिकारले जित हासिल गर्ने छौ । हरिहरपुरगढी र मरिणमा जनमतको हिसाबले हामी सहज ढंङगले जित हासिल गर्ने छौ । हरिहरपुरगढी, मरिण, घ्याङलेख गाउँपालिकाको सबै वडा, सुनकोशी गाउँपालिकाको केहि वडा र दुधौलीको १० वडामा सहज तरिकाले जित हासिल गर्ने छौँ ।” हामीलाई अलिकति तिव्र प्रतिस्पर्धा गोलन्जोर, फिक्कल, तिनपाटन र कमलामाईका केहि वडामा छ । कमलामाईमा पनि हामी बलियो प्रतिस्पर्धामा आएका छौँ, नगरपालिकाको सम्पूर्ण वडामा म आफै पुगिरहेको छु । जनतासँग प्रत्यक्ष सहकार्य गरेर अगाडि बढीरहेका छोँ । कमलामार्य नगरपालिकाको ७ वडामा जित हासिल गर्ने छौँ । ”
पहिलो स्थानिय तहको चुनावमा सोचे अनुसारको जित हासिल गर्न नसके पनि दोस्रो स्थानिय तहको चुनावमा धेरै मतान्तर सहित सबै वडा तथा पालिकामा जित हासिल गर्ने दाउमा रहेको दाहालले बताउनुभयो । जनताले विस्तारै माओवादी पाटि प्रति विस्वास गर्न थालेको उहाँको भनाइ छ । “माओवादी पार्टीकै कारण सरकार छ भन्ने जनतालाई अनुभूति भएको छ । सरकार जनतामा पु¥याउने काम माओवादी पाटिले गरेको हो । त्यस कारण जनताको माओवादी पाटिसँग त्यति गुनासो छैन । आफु मर्न तयार भएर पनि जनताको निमित्त काम गरेका छौँ । अधिकार प्राप्तका निम्ति सफल भयौँ, अब विकास र समृद्धि जनताको प्रप्तक्ष जिवनस्तरमा बदलाव आउने कुरा, दिर्घकालीन समस्याको समाधान, गासबास कपासको ग्यारेन्टी गर्ने कुरा, शिक्षा स्वास्थ्य रोजगारको ग्यारेन्टी गर्ने हाम्रो उदेश्य छ । त्यसैले हामीलाई जनताको विस्वास गर्न थालेका छन् । ”
नागरिकको सबै समस्या माओवादी पार्टीले समाधान गर्ने र माओवादीलाई जनताले साथ दिने भनेर अपिल गर्दै जनता माझ गएको उहाँले बताउनुभयो । पार्टीलाई बुझेर नागरिक आफै माओवादी प्रवेश गरिरहेको दाहाल बताउनुहन्छ । “भरखरै मात्र कनपा १ बेल्टारका ३ सय घरधुरी नागरिक माओवादी केन्द्र प्रवेश गरेका छन् । एकै दिन सबै घरपरिवार पाटि प्रवेश गरे, माओवादी हाम्रो पार्टी रै छ, हाम्रो लागि माओवादी पार्टीले काम गरेको रै छ, हाम्रा लािग लडेको पार्टी रै छ, भन्दै उनीहरु पार्टी प्रवेश गरेका हुन् । विस्तारि जनतामा माओवादी पार्टी प्रतिको भ्रम सकिदै गएको छ । जनताले पाटि प्रति सदभाव र माया राखेको अनुभूति मैले गरेको छु । ”
जनताले गरेको विस्वासको परिणाम निर्वाचनबाट प्रत्यक्ष देखिन सक्ने दाहालले बताउनुभयो । अहिले आकँलन गर्दा ठुलो मत परिणाम सहित आफुहरुले जित हासिल गर्ने उहाँको भनाइ छ । “जनयुद्धको आधार केन्द्र रोल्पा बन्यो भने समाजवादको आधार केन्द्र सिन्धुली बनाउने गरि संकल्प मैले लिएको छु । अब आउने दिनमा जनताको इच्छा आकाक्षा पुरा गर्ने हामी लागेका छौँ । जनताले पनि हामीलाई साथ दिइरहेको छन् ।”
जनताको माग बमोजिमका कामहरु आफ्नो निर्वाचन केन्द्रमा सम्पन्न भएको दाहालले बताउनुभयो । “मेरो निर्वाचन क्षेत्रको सबै टोल तथा वडामा जनताको माग अनुसारको काम भएको छ , मुसहर बस्ति निर्माण गरेको छौँ ।, खानेपानी, सडक, भवन, पुल निर्माण लगाएतको करौडौँ लागतमा काम भएको छ । बागमती प्रदेश भित्र सबै भन्दा बढी बजेट आउने मेरो निर्वाचन क्षेत्र हो, मैले गरेको काम तपाइ आफै गएर प्रत्यक्ष बुझ्न सक्नु हुनेछ ।”