सिन्धुली – सिन्धुलीमा डडेलो निभाउने क्रममा एकको मृत्यु भएको छ । सुनकोशी गाउँपालिका–३ पिपलडाँडाका ५२ वर्षिय एकुमबहादुर श्रेष्ठको खरबारीमा डडेलो निभाउने क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीले जनाएको छ ।
श्रेष्ठ विहिबार विहान ८ बजेको समयमा आफ्नै खेतमा पातपतिंगर जलाउन भनि निस्कनु भएको थियो । राती सम्म श्रेष्ठ घर नफर्किएपछि उहाँको आफ्न्तले खोजि गर्दा नजिकको जंगलमा आधि शरिर जलेको अवस्थामा फेला परेको प्रहरीले जनाएको छ । कटुवापाखा सामुदायिक वन नजिकै रहेको जग्गामा लागेको आगो भने नियन्त्रणमा आइसकेको छ ।
वनक्षेत्रको निरीक्षण समेत गरी नेरेसो सुनकोशी उपशाखालाई र सुनकोशी गाउँपालिकालाई अनुरोध गरी विपद जन्य राहत उपलब्ध गराउने समेत सुनकोशी–३ वडाध्यक्ष रामचन्द्र आचार्यले बताउनुभयो । घटना थाहापाउने वित्तिकै घटनास्थलमा प्रहरी, रेडक्रस,स्थानीय वुध्दिजीवि वर्ग र सर्वसाधारण समेत पुगेका थिए । उनको शव पोष्टमार्टमको पछि आफन्तले बुझि सकेको प्रहरीले जनाएको छ ।