सिन्धुली– आगामी वैशाख ३० गते हुने स्थानिय तहको चुनावकालागि नेकपा एमालेको कमलामाई नगर कमिटिले मेयरकालागि पाँचजनाको उम्मेदवारी सिफारिश गरेको छ । शुक्रबार कमलामाई नगर कमिटीले आयोजना गरेको बैठकले उपमेयरकालागि भने तिनजनाको नाम जिल्ला कमिटिमा सिफारिश गरेको छ । बैठकले मेयरकालागि वर्तमान नगर प्रमुख खड्ग बहादुर खत्रि, मेहन्द्र देव श्रेष्ठ, नेपाल पत्रकार महासंघ सिन्धुलीका अध्यक्ष कृष्णहरि घिमिरे, संजय दाहाल र रमा शर्माको नाम जिल्ला कमिटिमा पठाउने निर्णय गरेको हो । त्यसैगरि, उपमेयरकालागि वर्तमान उपमेयर मञ्जु देवकोटा, रश्मीला देवकोटा र पार्वति भट्टराईको नाम सिफारिश गरिएको छ ।
त्यसैगरि, कार्यक्रममा कमलामाई नगरपालिका ४ का २० जना युवाहरु एमालेमा प्रवेश गरेका छन् । कमलामाई नगर कमिटि सदस्य तथा युवा संघ नगर इन्चार्ज प्रकाश रायमाझीको नेतृत्वमा स्वतन्त्र र विभिन्न पार्टी परित्याग गरि २० जना एमालेमा प्रवेश गरेका हुन् । पार्टी प्रवेश गर्नेहरुमा युवराज भट्टराई, भुपाल थापा मगर, अनिल कार्की, विनय श्रेष्ठ, विराट मगर, दिपक तामाङ, संजय श्रेष्ठ, राजकुमार श्रेष्ठ, सविन कुमार श्रेष्ठ, जिवन श्रेष्ठ, संदेश श्रेष्ठ, रोशन थापा मगर, यमन श्रेष्ठ, लेख बहादुर थापा, युवराज थापा मगर, हिरा बहादुर थापा, भिम सुवेदी, सुवाष थिङ, रोजन ठकुरी, सागर बराइली, मनोज थापा मगर रहेको इन्चार्ज रायमाझीले बताउनुभयो ।