सिन्धुली- सिन्धुलीमा प्रहरीले लागुऔषध सहित तिन जनालाई पक्राउ गरेको छ । कमलामाई नगरपालिका ९ भिमान प्रहरी चेकपोईन्टमा इलाका प्रहरी कार्यालय भिमानबाट खटिएको प्रहरी कमाण्डको ट्राफिक सहितको ५ जनाको टोलिले सवारी साधन चेकजांच गर्ने क्रममा हाईसमा र सुमोमा सवार व्यक्तिले लुकाइछिपाइ ल्याउँदै गरेको लागुऔषध फेला पारेको हो ।
गत चैत १९ गते धरानबाट काठमाडौं तर्फ आउदैं गरेको प्र ३–०१–००६ ख १२३२ न.को हाईस गाडिको १२ नम्बर सिटमा सवार सुनसरी बर्जु गाउँपालिका ६ चिम्डि का २६ वर्षिय जितेन्द्र कुमार दासले बोकेको कालो भिर्ने झोला भित्र कालो प्लास्टिकमा पत्रिकाले बेरी टेप लगाई ३ वटा पोकामा लुकाई छिपाई ल्याएको NOORPHIN––३०० एम्पुलमा १ एम्पुल, PHENERGAN–३०० एम्पुलमा ४ एम्पुल फुटेको खालि, NITRAVET–10 –३०० एम्पुलमा ४ एम्पुल फुटेको खालि फेला पारेको जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रहरी नायब उपरिक्षक मनोज कुमार लामाले बताउनुभयो ।

उहाँका अनुसार दासलाई नियन्त्रणमा लिई सिन्धुली जिल्ला अदालतबाट ७ (सात) दिनको म्याद थप गरी अनुसन्धान कार्य भईरहेको छ । यस्तै गत चैत २१ गते बर्दिबास बाट काठमाडौं तर्फ आउदै गरेको ना १ ज ३८७४ न.को सुमो गाडिको दाहिने साईडको पछाडी ८ न.सिटमा सवार सर्लाही मलंगहवा नगरपालिका ३ का १९ वर्षिय फुल महमद अन्सारीले बोकेको रातो फाईबरको झोला भित्र कालो प्लास्टिकको झोलामा लुकाई छिपाई ल्याएको NITRAVET–10 लेखिएको २० पत्ता, १ पत्तामा ३० पिसको दरले जम्मा ६०० पिस लागुऔषध फेला पारेको प्रहरीले जनाएको छ । अन्सारीलाई नियन्त्रणमा सिन्धुली जिल्ला अदालतबाट ७ (सात) दिनको म्याद थप गरी अनुसन्धान कार्य भईरहेको छ ।

यस्तै, मंगलबार बिराटनगरबाट काठमाण्डौं तर्फ आउदै गरेको प्र ३–०१–००६ ख ०३१० न.को हाईसको १३ न.सिटमा सवार सिराहा कर्जन्हा नगरपालिका ४ बस्तिपुर का ३७ वर्षिय नन्द किशोर दास तत्माले बोकेको कालो झोला भित्र रहेको निजले लगाउने कालो रङ्गको ट्रयाक सुरुवालमा लुकाई छिपाई ल्याएको ल्क्ष्त्च्ब्ख्भ्त्–ज्ञण् लेखिएको १०० पत्ता, १ पत्तामा ३० पिसको दरले जम्मा ३ हजार पिस लागुऔषध प्रहरीले फेला पारेको जनाएको छ । तत्मालाई नियन्त्रणमा लिई सिन्धुली जिल्ला अदालतबाट ७ (सात) दिनको म्याद थप गरी अनुसन्धान कार्य भईरहेको छ ।