सिन्धुली – सिन्धुलीमा मोटरसाइकल चोरी गर्ने दुई जनालाईसिन्धुली प्रहरीले गरेको छ । मोटरसाइकल चोरी गर्ने मरिण गाउँपालिका ४ का दुई जना प्रहरीले पक्राऊ गरेको ह ।
जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रबक्ता प्रहरी नायव उपरीक्षक मनोजकुमार लामाका अनुसार मरिण गाउँपालिका ४ का रोशन वि.क र कुडुलेका ३३ वर्षका विष्णु कुमार मोक्तान रहेका छन् ।
ना ५९ प ७४८९ नम्बरको मोटरसाइकल चोरी मरिणको साहान चोकमा रोकी राखेको सूचनाका आधारमा इलाका प्रहरी कार्यालय कपिलाकोट बाट खटिएको प्रहरी टोलीले मोटरसाइकल सहित रोशन वि.क चैत २० गते पक्राउ परेका हो ।
यस्तै चैत २२ गते मरिण गाउँपालिका ४ कुडुलेका विष्णु कुमार मोक्तान २२० सी.सी को पल्सर सहित पक्राउ परेका छन् । वान टेस्ट मोटरसाइकल चोरी गरि आफ्नै घरमा लुकाई छिपाई राखेको अवस्थामा इलाका प्रहरी कार्यालय कपिलाकोटबाट खटिएको प्रहरी नायव निरीक्षक सरोज कुमार अधिकारीको कमाण्डको प्रहरी टोलीले पक्राउ गरेको हो ।
पक्राउ परेका दुवै जनालाई सिन्धुली जिल्ला अदालतबाट सात दिन म्याद थप गरी अनुसन्धान भई रहेको जिल्ला प्रहरी कार्यालय सिन्धुलीले जनाएको छ ।