शुक्रवार, कार्तिक २७ गते २०८३

Friday 13th November 2026

२०७८ साल चैत्र २१ गते सोमबारको सिन्धुलीका मुख्य समाचार हरु

मंगलवार , चैत्र २२, २०७८

सिन्धुलीमा निर्माणाधीन पुल चैतको खोलाले बगायो

सिन्धुली — सिन्धुलीमा झण्डै साढे ४ करोड लागतको निर्माणधीन पक्कि पुल भत्किएको छ । आइतबार राती ग्वाङखोलामा आएको बाढीले कमलामाई नगरपालिका वडा नं ६ को माढीबजार पुछार र वडा नं ५ को कारागार क्षेत्र जोड्ने ३० मिटर लामो पक्की पुल भत्काएको हो ।

बाढीले निर्माणको अन्तिम चरणमा पुगेको पक्की पुल भत्काएको छ । ढलानको तयारीमा रहेको पुलका सबै संरचना भत्काएको निर्माण कम्पनी जनाएको छ । खोलामा पानी निकासका लागि राखिएको सानो ह्यूम पाइप पर्याप्त नहुँदा बाढीले पुलका संरचना भत्काएको हो । पुल भत्कँदा करिब तीन करोडको क्षति भएको आंकलन निर्माण कम्पनी देवीरमण जेभीका प्राविधिकले गरेका छन् ।

“आइतबार दिनभर मौसम सामान्य नै थियो” जेभीका प्रोजेक्ट म्यानेजर कुमार रिजालले भन्नु भयो, “वर्षा लागकै थिएन, चैत्र महिनामा नै यति ठूलो बाढी आउला भनेर आकलन नगर्दा ठूलो क्षति भयो ।” तीन दिनपछि पुल ढलानका लागि सबै तयारी पूरा हुन लागेको रिजालले बताउनुभयो ।

वाग्मती प्रदेश सरकार भौतिक पूर्वाधार मन्त्रालयको लगानीमा दुई वर्षअघि निर्माण सुरु भएको पुलको लागत चार करोड ४१ लाख रहेको छ । योसँगै केही महिनापछि नै पुलबाट वारपार गर्ने कारागार क्षेत्रका बासिन्दाको सपना धकेलिएको छ । खोलाको निकासका लागि पर्याप्त ठाउँ नराख्दा ठूलो क्षति भएको स्थानीयले जनाएका छन् ।

“खोलाको निकास सानो भयो, बाढी ठूलो आयो । त्यै भएर पुल भत्कियो,” स्थानीय रामप्रसाद देवकोटाले भन्नभयो”खोला थुनेर काम गर्दा यो क्षति भयो । अबचैं पुल बन्ला र खोला बाढीमा हेलिनु नपर्ला भनेको फेरि अब कति वर्षलाई धकेलिने हो ?” पुलले ह्यूम पाइप राखेर निकास नहुँदा स्थानीयको घरमासमेत बाढी पसेको थियो ।

गुणस्तरीय शिक्षा को सन्देश दिनुपर्छ; पहाडी

सिन्धुली – फिक्कल माध्यमिक विद्यालय सोल्पाठाना बिद्यालय भवन उ्घाटन गर्दै पूर्व मन्त्री एबम् सिन्धुली क्षेत्र न १ सांसद गणेश कुमार पहाडी ले अब फिक्कल मावि ले गुणस्तरीय शिक्षा दिन्छ भन्ने कुराको सन्देश दिनुपर्ने मा जोड दिनु भएको छ ।

जिल्ला आयोजना कार्यान्वय इकाई सिन्धुलीको ७० लाखको लागतमा फिक्कल गाउँपालिका वडा न ५ सोल्पाठानामा बनेको ४ कोठ आरसीसी भवनको सोमबार मन्त्री पहाडी ले उदघाटन गर्नु भएको हो । साथै उहाँले सोलपाठाना का तत्कालीन गाँउ विकास समितिको अध्यक्ष उद्धव खड्काले देखाएको बाटो अनुसरण गरेर अगाडि बढ्ने प्रतिबद्धता जनाउनु भयो ।

कार्यक्रम फिक्कल गाउँपालिका वडा न ५ का अध्यक्ष एवम् बिधालय ब्यवस्थापन समितिका अध्यक्ष राजुबरालको अध्यक्षतामा भएको थियो । कार्यक्रममा गाउँपालिका अध्यक्ष घनबहादुर कार्की उपाध्यक्ष पार्वती सुनुवार लगाएतको उपस्थिति रहेको थियोे ।

मेलमिलाप कर्ताहरुलाई परिचय पत्र बितरण

सिन्ुली – सिन्धुलीको कमलामाई नगरपालिकाका मेलमिलाप कर्ताहरुलाई परिचय पत्र बितरण गरिएको छ । नगरपालिकाका वडा नम्बर १ देखि ७ का र ११, १२ का ४५ जना मेलमिलाप कर्ताहरुलाई परिचय पत्र बितरण गरिएको हो ।

साथै, परिचय बितरण कार्यक्रममा उपस्थिति भएका मेलमिलाप कर्ताहरुलाई अभिमुखीकरण तालिम पनि दिईएको थियो । अभिमुखीकरण तालिममा वडाका मेलमिलाप केन्द्रहरु कसरी व्यवस्थित बनाउँन सकिन्छ, व्यवस्थित तरिकाले संचालन गर्न के गर्न सकिन्छ भन्ने बारेमा छलफल भएको थियो भने मेलमिलाप कर्ताहरुलाई मेलमिलाप सम्बन्धी कानुनी बिषयमा जानकारी गराईएको सामाजिक बिकास शाखा प्रमुख बबिन्द्र लाल माझीले जानकारी दिनुभयो ।

नगर भित्रका ९ वटा वडाका मेलमिलाप कर्ताहरुलाई परिचय पत्र बितरण गरिएको छ भने मंगलबार ५ वटा वडाका ३५ जना मेलमिलाप कर्तालाई परिचय पत्रको साथमा तालिम दिईने माझीले बताउनुभयो ।

न्यायीक समितिका संयोजक तथा कमलामाई नगरपालिकाकी उपप्रमुख मन्जु देवकोटाको अध्यक्षता, नगर प्रमुख खड्ग बहादुर खत्रीको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा सामाजिक बिकास शाखाका प्रमुख बबिन्द्र लाल माझी, कानुन अधिकृत टंक बिक्रम थापाले कार्यक्रममको सहजीकरण गर्नु भएको थियो ।

कमलामाई नगरपालिकामा एमआरसी भबन उदघाटन

सिन्धुली­ सिन्धुलीको कमलामाई नगरपालिकामा एमआरसी भबनको उदघाटन गरिएको छ । सोमबार एक कार्यक्रका बिच नगर प्रमुख खड्गबहादुर खत्री र जिल्ला प्रशासन कार्यालय सिन्धुलीका प्रमुख जिल्ला अधिकारी रमेश न्यौपानेले रिवन काटेर भवनको उदघाटन गर्नु भएको हो ।

भबन कमलामाई नगरपालिकाको ४ लाख, ४६ हजार, ३४९, दुधौली नगरपालिकाको ४ लाख, ४ हजार, ८२८, हरिहरपुरगढी गाउपालिकाको ३ लाख, १५ हजार, ८ सय ८५ र तिनपाटन गाउपालिकाको ३ लाख, १५ हजार, ८ सय ५५ गरि कुल १४ लाख, ८२ हजार ८ सय ८७ रुपैया लागतमा निर्माण भएको हो ।

नव निर्मित भवनबाट वैदेशिक रोजगारीमा जाने व्यक्तिहरुले के कस्ता प्रक्रिया पु¥याएर बिदेशीन सकिन्छ भन्ने कुराको परामर्श पाउँने छन् । उद्घाटन कार्यक्रममा दुधौली नगरपालिकाका मेयर घनश्याम राउत, हरिहरपुरगढी गाउँपालिकाका अध्यक्ष कारसाङ् लामा, तिनपाटन गाउँपालिकाका अध्यक्ष कर्ण बहादुर थापाको उपस्थिति रहेको थियो ।

सुरक्षित बैदेशिक रोजगारीे अन्तक्रिया कार्यक्रम सम्पन्न

सिन्धुली­ सिन्धुलीमा जिल्ला प्रहरीसँग सुरक्षित बैदेशिक रोजगारी सम्बन्धी १ दिने अन्तक्रिया कार्यक्रम सम्पन्न भएको छ । सोमबार जिल्ला प्रहरी कार्यालय सिन्धुलीको सभाहलमा कार्यक्रम भएको हो ।

बैदेशिक रोजगारीको विभिन्न समस्य आइपर्ने र त्यसलाई न्यूनिकरण गर्न प्रहरीको मुख्य भूमिका हुने भएका अन्तक्रिया कार्यक्रमको आयोजना गरिएको बताइएको छ । कार्यक्रममा बागमती प्रदेशका सामी परियोजना संयोजक तरुण अधिकारीले बैदेशिक रोजगारीको अवस्था, चुनौती र अवसरको बारे जानकारी गराउनु भएको थियो । उहाँले नेपालमा बैदेशिक रोजगारीको वर्तमान अवस्थाको बारेमा समेत जानकारी गराउनु भएको थियो ।

सबै भन्दा बढी बैदेशिक रोजगारमा जाने जिल्ला मध्ये सिन्धुली पनि रहेको छ । सिन्धुली २३ औँ नम्बरमा रहेको अधिकारीले बताउनुभयो । बैदेशिक रोजगारमा जानुको मुख्य समस्या गरिबी, बेरोगारी, अशिक्षित रहेको उहाँको भनाइ छ । सामी परियोजना, हेल्बेटास र रिलिफ नेपालको सहयोगमा कमलामाई नगरपालिका, दुधौली नगरपालिका, हरिहरपुरगढी गाउँपालिका र तिनपाटन गाउँपालिकाको आयोजना कार्यक्रम भएको हो ।

वडा अध्यक्षका उम्वेदवार वनाउने सहमति

सिन्धुली,–नेपाल कम्युनिस्ट पार्टी माओवादी केन्द्र हरिहरपुरगढी को वडा नम्वर ८ र ३ नम्वर को वडा कमिटी को पुर्ण बैठकले वैशाख ३० गते हुने स्थानिय निर्वाचनमा हरिहपुरगढी गाँउपालीका वडा नम्वर ८ को वडा अध्यक्षमा धनवहादुर मोक्तान र वडा नम्वर ३ को वडा अध्यक्षमा उज्ज्वल भोलनलाई वनाउनेलाई सर्वसम्त उम्मेदवार घोषणा गरेको छ ।

सोमवार वसेको वडा कमिटीको वैठकले सो निर्णय गरेको हरिहरपुरगढी गाँउपालीका अध्यक्ष तथा नेकपा माओवादी केन्द्र हरिरपुरगढी गाँउ कमिटी अध्यक्ष कारसांग लामाले जानकारी दिनुभयो । सो वैठकले सदस्यहरु साइलामान बोम्जन,चमारसिंह बल,महिला सदस्य छलिमाया मोक्तान,दलित महिला सदस्य दुर्गामाया बिकलाई उम्मेदवार वनाउने निर्णय गरेको छ ।

फिर्ता गरे ल्यापटप र मोटरसाइकल

सिन्धुली – गोलञ्जोर गाउँपालिका वडा नं. ३ का वडाध्यक्ष पुष्करराज बरालले मोटरसाइकल र ल्यापटप फिर्ता गर्नु भएको छ । बरालले वडाध्यक्षको हैसियतले प्राप्त गरेको सरकारी सुविधा वापतको मोटरसाइकल र ल्यापटप सोमबार फिर्ता गर्नु भएको हो ।

उहाँले प्रयोग गर्दै आएको बा. २ ब ८५५४ नम्बरको मोटरसाइकल र ल्यापटप गोलञ्जोर गाउँपालिका भण्डार शाखा प्रमुख तिर्थ भण्डारीलाई बुझाउनु भएको छ । बराल गोलञ्जोरमा सरकारी सेवा फिर्ता गर्ने पहिलो जनप्रतिनिधि बन्नु भएको छ ।

नेपाली काँग्रेसबाट विजयी बराल आगामी निर्वाचनका लागि समेत वडाध्यक्षकै प्रत्यासी हुनु हुन्छ । गोलन्जोर–३ बाट नेपाली काँग्रेसको १६ जना वडा अध्यक्षको दाबेदारमध्ये ५ जनाको वडा काँग्रेस समितिले सिफरिसगरेको छ । त्यसमध्येमा दोश्रो नम्बरमा बरालको नाम छ । पार्टीको सिफारिसपछि पार्टी चुनावी गतिविधिमा सकृय हुन वडा अध्यक्षको सुबिधा फिर्ता गरेको बरालले जानकारी दिनु भयो ।

जिल्ला प्रहरी कार्यालय सिन्धुलीलाई सहयोग

सिन्धुली– सामुदायिक बिकास कार्यक्रम (साबिका) सिन्धुलीले सोमवार जिल्ला प्रहरी कार्यालय सिन्धुलीलाई बालमैत्री सहयोग सामाग्री हस्तान्तण गरेको छ । साबिका सिन्धुलीका अध्यक्ष मिलन श्रेष्ठको उपस्थितीमा सिन्धुलीका प्रहरी प्रमुख प्रहरी उपरिक्षक बिमलराज कडेललाई बाल उपयोगी सहयोग सामाग्री हस्तान्तरण गरिएको हो ।

प्रहरी कार्यालयको बालमैत्री तथा स्तनपान कक्षको लागि विभिन्न सामग्री हस्तानतरण गरिएको साबिका सिन्धुलीका कार्यक्रम संयोजक बिक्रम केसीले जानकारी दिनुभयो । प्लान इन्टरनेश्नल नेपालको साझेदारीमा बाल संरक्षण परियोजना अन्तरगत यौन जन्य तथा लैगिक पिडित वा सोको जोखिममा रहेकाहरुलाई प्रदान गरिने संरक्षण सम्बन्धी सेवाहरुको सुधार गर्ने उदेश्य अनुरुप जिल्ला प्रहरी कार्यालय सिन्धुलीको महिला सेलमा रहेको बाल मैत्री तथा स्तनपान कक्षको लागि सो सामाग्री हस्तान्तरण गरिएको केसीले जानकारी दिनु भयो ।

सामग्री हस्तरण गर्दै साबिका सिन्धुलीका अध्यक्ष मिलन श्रेष्ठले बिगतका दिनहरुमा पनि प्लान इन्टरनेश्नलको सहयोगमा सबिकाले बालबालिकाहरुको लागि मनोरन्जन तथा बौद्विक बिकासका लागि निरन्तर सहयोग गर्दै आएको साथै आगामी दिनहरुमा पनि समाज रुपान्तरणको लागि सहयोग हुने बताउनुभयो । सभ्य समाज निर्माणको लागि प्रहरी प्रशासन, संघसंस्था तथा नागरिक समाज हातेमालो गर्दै अघि बढ्नु पर्ने श्रेष्ठको भनाई थियो ।

सहयोग सामग्रीको प्रयोगले बालमस्तिष्कमा सकारात्मक प्रभाव पर्ने कुरा औल्याउदै प्रहरी उपरिक्षक बिमलराज कडेलले सामाग्री उपलब्ध गराएकोमा साबिका सिन्धुलीलाई धन्यवाद दिनुभयो । “मानवलाई बाल अबस्थामा नै हिंसाको प्रभावबाट टाढा राखी संस्कार दिन सके मात्रै शान्तिपुर्ण समाजको कल्पना गर्न सक्छौँ । कडेलले भन्नु भयो ।

प्रहरी प्रमुख कडेलले सिन्धुलिमा किशोरकिशोरीहरुमा लागुऔंषध प्रयोगको समस्या पनि देखिएकोले यस तर्फ पनि संघसंस्था र समाजले ध्यान पुर्‍याउनु पर्ने कुरा औल्याउनुभयो ।

जिल्ला प्रहरी कार्यालयको महिला सेल अन्तर्गत रहेको बाल मैत्री तथा स्तनपान कक्षमा कार्यालयमा आउने पिडित तथा महिला प्रहरीका बालबालिकालाई पनि राखेर सेवा दिदै आएको कक्षका इन्चार्ज प्रहरी हवल्दार उमा तामाङले जानकारी दिनुभयो । सहयोग सामाग्रीमा ३२ इन्चको स्मार्ट टिभी एक थान, क्यारमबोर्ड, फुटबल, पजल बोर्ड, स्किपिङ्ग, भाडाकुटी, बाल कथाका किताब लगायतका सामाग्रीहरु रहेको थियो ।

कमलामाई नगरपालिका– ५ मा नाला सरसफाई

सिन्धुली – सिन्धुलीको कमलामाई नगरपालिका वडा नम्बर ५ को तीन टोल बिकास समीतिको संयुक्त आयोजनामा सडकको नाला सरसफाई गरिएको छ । कमलामाई नगरपालिकाको सहयोगमा ५ नम्बर वडाको ग्वाङ खोला,मधुटार स्थित कालिमाई मन्दिर हुँदै रानिखोलामा सम्म सडकको एकतर्फि नाला सरसरफाई सुरु गरिएको हो ।

एकिकृत महिला वातावरण टोल बिकास समिती,गौमती टोल बिकास समिती र कालीमाई मधुमार्ग टोल बिकास समितीको संयुक्त आयोजनामा नालाको सरसफाई गर्न सुरु गरिएको एकिकृत महिला वातावरण टोल बिकास समिती अध्यक्ष गिता कार्कीले जानकारी दिनुभयो ।

उक्त सडक पक्कि बनेको ४ बर्ष भन्दा बढि भइसकेको छ । बर्षाको पानिले नाला पुरियर ढल बाहिर सडक,घर अगाडि निस्कन थालेर दुर्घन्ध फैलिन लागेकाले सरसफाई गरिएको एकिकृत महिला वातावरण टोल बिकास समिती सचिव मिना थापाले जानकारी दिनुभयो । कमलामाई नगरपालिकाको सुन्दर नगरी बनाउने अभियान लाई थप टेवा पुग्ने सचिव थापाले बताउनु भयो ।

टोल समितीले यसअघि पनि सडकमा टुइन डस्वीन राख्ने तथा ५ नम्बर वडामा २ सय भन्दा बढि स्लिकन झोला बितरण गर्ने लगायतको कार्य गदैँ आएको छ ।

स्थानीय निर्वाचनका नजिकिंदै गर्दा दलबदल्नेको लर्को

सिन्धुली – सिन्धुलीमा स्थानीय निर्वाचनको मिति नजिकिंदै गर्दा सिन्धुलीमा एक दल परित्यागगरी अर्कौ दलमा प्रवेश गर्नेहरुको लहरनैं चलेको छ । यसैक्रममा सोमवार नेपाली काँग्रेसबाट निर्वाचित महिला वडा सदस्य नेकपा एमालेमा प्रवेश गरेकी छन् । वडा नं १३ बाट निर्वाचित दलित महिला सदस्य सोमती सार्की बिनासर्त एमालेमा प्रवेश गर्नु भएको हो ।

नेकपा (एमाले) जिल्ला कार्यालयमा आयोजित एक कार्यक्रमका बीच सोमतीलाई जिल्ला अध्यक्ष कुमारबहादुर कार्की (रामकुमार) पूर्व अध्यक्ष प्रदीप कटुवालले अविर तथा खादा दगाएर पार्टीमा प्रवेश गराउनु भएको थियो ।

पार्टी प्रवेश कार्यक्रमलाई पार्टीका तर्फबाट सम्वोधनगर्दै नगर अध्यक्ष महेन्द्रदेव श्रेष्ठले एमाले प्रतिको आर्षकण बढिरहेको र आमा जनताले एमालेले मात्रै देश र जनताको नेतृत्व गर्न सक्छ भन्ने बुझेको बताउँदै नेपाली कांग्रेसका अन्य नेता कार्यकर्ताहरुलाई पनि पार्टीबाट बिद्रोह गर्न अपील गर्नुभयो । कार्यक्रमको सञ्चालन जिल्ला कमिटी सदस्य सागर कार्कीले गर्नु भएको थियो ।

प्रतिक्रिया