शुक्रवार, कार्तिक २७ गते २०८३

Friday 13th November 2026

२०७८ साल चैत्र २० गते आइतवारको सिन्धुलीका मुख्य समाचार हरु

सोमवार , चैत्र २१, २०७८

मातृ तथा नवशिशुको स्वास्थ्य सम्बन्धि तालिम

सिन्धुली­ - सिन्धुलीमा सञ्चालन भएको ३ दिने मातृ तथा नवशिशुको स्वास्थ्य सम्बन्धि तालिम सम्पन्न भएको छ । जिल्ला स्वास्थ्य कार्यालय सिन्धुलीको आयोजनामा वर्थिङ सेन्टरमा कार्यरत अनमीहरुका लागि गएको १८ गते सुरु गरिएको ३ दिने तालिम आइतबार सम्पन्न भएको हो ।

३ दिने तालिममा सुत्केरी भईसकेपछि ४५ दिन सम्म आमा र शिशुको कसरी हेरचाह गर्ने, के कस्तो कुरामा ख्याल गर्नु पर्छ लगाएका विषयमा जानकारी गराइएको थियो । आफुले काम गरिरहेको वर्थिङ सेन्टरमा के कस्तो कमजोरी भईरहेको छ, के कस्तो कुरा सुधारपर्ने छ भन्ने बारे सहभागि भएका सबै संग बुझि वर्थिङ सेन्टरमा काम गर्दा ध्यान दिनुपर्ने कुराहरु, गर्नुपर्ने कार्यहरु बारे सैद्धान्तिक र व्यवहारिक रुपमा प्रशिक्षण गराईको सुरक्षित मातृत्व कार्यक्रमको फोकल पर्सन विष्णु क्षेत्रले जानकारी दिनुभयो ।

तालिममा सहभागीहरुलाई स्त्री रोग विशेषज्ञ डाक्टर दिनेश कुमार मित, नर्सिङ अधिकृत सविना सुवालले प्रशिक्षण गराउनु भएको थियो । तालिममा जिल्लाका सुचिकृत ३२ वर्थिङ सेन्टरमा कार्यरत अनमीहरुको सहभागी रहेको थियो । जसमा कमलामाई नगरपालिका, गोलन्जोर गाउँपालिका, सुनकोशी गाउँपालिका, मरिण गाउँपालिका र हरिहरपुरगढी गाउँपालिकाका तिन तिन जना अनमी सहभागी रहेका छन् । यस्तै, घ्याङ्लेख गाउँपालिका र सिन्धुली अस्पतालबाट एक–एक जना, फिक्कल गाउँपालिका बाट २ जना, तिनपाटन गाउँपालिकाका बाट ५ जना र दुधौली नगरपालिका बाट ७ जना अनमी सहभागी रहेको थियो ।

कमलामाई –५ को काँग्रेसको वडा अध्यक्षमा खडका

दोहारिने

सिन्धुली – यही वैशाख ३० गते शुक्रवारको दिन हुने स्थानीय तहको निर्वाचनका लागि नेपाली काँग्रेसले सिन्धुलीको कमलामाई नगरपालिका वडा नं ५ मा वडाध्यक्षको उम्मेदबारमा सर्वसम्मत टुंग्याएको छ ।

नेपाली काँग्रेस कमलामाई नगरपालिका वडा नं ५ को बैठकले सर्वसम्मत वडाध्यक्षको उम्मेद्बार बनाउने निर्णय गरेको हो । खडका यस अघिपनि कमलामाई नगरपालिका वडा नं. ५ को २०७४ सालमा पनि वडा अध्यक्षमा बिवाचित हुनु भएको थियो ।

काँग्रेसले आइतबारसम्म जिल्लाका सबै पालिकाका वडाहरुबाट वडाअध्यक्षको उमेदवारहरु सिफारी गर्न दिएको निर्देशन अनुसार वडा नम्बर ५ मा खड्काको नाम सर्वसम्मत निर्णय गरेर सिफारी गरिएको नेपाली काँग्रेस ५ नम्बर वडाका अध्यक्ष कल्याण सुनुवारले जानकारी दिनु भयो । “वडा अध्यक्षमा ९ जनाको दावी रहेपनि पार्टीका नेता कार्यकर्ताहरुको छलफलबाट खड्काको नाम सर्वसम्म निर्णय गरिएको हो,’ उहाँले भन्नुभयो ।

खड्का वडा अध्यक्ष निर्वाचित भएपछि कमलामाई नगरपालिकाका १४ वटा मध्या अब्बल काम गर्ने अध्यक्षका रुपमा चिनिनु हुन्छ । उहाँले यो पटक पनि वडाका प्रमुख दल मध्ये र नेपाली काँग्रेसका दावेदार मध्ये निर्वाचन जित्न सक्षम, इमान्दार र वडाका नागरीकहरुले रुचाएको व्यक्ती भएकाले खड्कालाई नै पूनः वडा अध्यक्षको उमेदवारका लागी पार्टीले सिफारीस गरेको पार्टीका सचिव रोशन पुनमगरले जानकारी दिनु भयो ।

२०७४ सालको निर्वाचनमा वडा अध्यक्षमा काँग्रेसको उम्वेदवार भई निर्वाचित हुनु भएका खडका वडावासीहरुले लोकप्रिय, बिसकास प्रेमी, इमानदार र सरलस्वभाबका रुपमा लिन्छन ।

प्रतिक्रिया