शुक्रवार, कार्तिक २७ गते २०८३

Friday 13th November 2026

२०७८ साल चैत्र १७ गते बिहिवारको सिन्धुलीका मुख्य समाचार हरु

शुक्रवार , चैत्र १८, २०७८

बालमैत्री वडा घोषणाको अन्तिम तयारीमा

सिन्धुली­ - जिल्लाको तिनपाटन गाउँपालिका वडा नम्बर १० बालमैत्री वडा घोषण हुने भएको छ । बालमैत्री वडा घोषणाको अन्तिम तयारीमा रहेको वडा अध्यक्ष पुर्णहरि भुजेलले बताउनुभयो ।

घोषणाका लागी जिल्ला स्तरिय अनुगमन टोलीले वडाको अनुगमन गरिसकेको छ । जिल्ला समन्वयन समितिका प्रमुख शकर राज तिवारीको नेतृत्वमा गएको टोलीले वडाको अवस्थाबारे अनुगमन गरेको हो । बालमैत्री स्थानीय शासन वडा घोषणाका लागी ३९ वटा सुचक वडाहरुले पुरा गर्नुपर्दछ । वडाले बाँच्न पाउने अधिकारका १०, संरक्षणको अधिकारको ५, बालबिकासको अधिकारको ६,बाल सहभागिताको अधिकारको ६ र सस्थागत बिकास सम्बन्धी १२ वटा सुचकहरु पुरा गरेपछि वडालाई स्थानीय बालमैत्री घोषणा गरिने प्रकृया रहेको बताइएको छ ।

उम्मेदवार टुंगो लगाउने काँग्रेस सिन्धुलीको परिपत्र

 

 

 

सिन्धुली­ -आगामी बैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनका लागि नेपाली काँग्रेस सिन्धुलीले चैत २६ गते सम्म उम्मेदवारहरूको नाम टुंगो लगाउन परिपत्र गरेको छ । बिहीबार क्षेत्र, प्रदेश, नगरपालिका, वडा कार्यसमितिका सभापतिहरूलाई प्रताचार गर्दै मिति तय गरि उक्त मितिमा उम्मेदवारको नाम सिफारिस गर्न अनुरोध गरेको हो ।

काँग्रेस जिल्ला कार्य समितिका सभापति उपेन्द्र कुमार पोख्रेलले चैत २० गते देखी २६ गते सम्म भेला तथा बैठक बसी उम्मेदवारहरूको नाम सिफारिस गर्न निर्देशन दिनुभएको छ । चैत २० गते वडा भेला गरि २१ गते गाउँ, नगर कार्यसमितिमा उम्मेदवारको नाम सिफारिस बुझाउने, चैत २२ गते गाउँ, नगरको बैठक बसी २३ गते प्रदेश कार्यसमितिमा उम्मेदवारको नाम सिफारिस बुझाउनु पर्ने छ । चैत २४ गते प्रदेशको बैठक बसी २५ गते क्षेत्रीय कार्यसमितिमा उम्मेदवारको नाम सिफारिस गर्ने र २६ गते क्षेत्रको बैठक बसी २७ गते जिल्ला कार्य समितिमा उम्मेदवारको नाम सिफारिस बुझाउनु पर्ने ।

सबै तहका कार्य समितिहरूलाई नेपाली काँग्रेसको केन्द्रीय परिपत्र अनुसार पत्राचार गरिएको र स्थानीय स्तरबाट नै सर्व सहमतिका आधारमा उम्मेदवार टुंगो लगाइने उहाँले जानकारी दिनुभयो ।

दुधौलीमा लालपुर्जा बितरण गर्ने तयारी

सिन्धुली­ -सिन्धुलीको दुधौली नगरपालिका र भूमि सम्बन्धी समस्या समाधान आयोगले दुधौलीका भूमिबिहिन सुकुम्बासीहरुलाई यहि साता देखि पहिलो चरणमा लालपुर्जा वितरण गर्ने तयारी गरेको छ । धरै बर्ष देखि भूमि बिहिन अवस्था रहेका स्थानिय दलित मुसहरलाई पहिलो प्राथमिकतामा राखेर पुर्जा वितरण गरिने राष्ट्रिय भूमि समस्या समाधान आयोग दुधौली नगरपालिका ईकाई प्रमुख मल्लव अधिकारी दनुवारले बताउनु भयो ।

आयोगले सम्झौता गरेका पालिकाका १४ वडा मध्यमा प्रथम चरणमा चार वडाका १०७ घर धुरीका स्थानिय भूमिबिहिनहरुलाई लालपुर्जा प्रदान गर्ने तयारी गरेको ईकाई प्रमुख अधिकारी दनुवारले बताउनुभयो । नगरपालिकामा हाल सम्म करिब १४ हजारको भूमिबिहिनहरुको आवेदन परेको र अझै निबेदन आउने क्रम जारी रहेको उहाँले बताउनुभयो । “कतै सूचनाबाट बन्चित भएका वा परदेश भएकारुका लागि आयोगले थप ३५ दिन म्याद थप गरिएको छ , दर्ता गरकाउनको पहिलेको जस्तै सम्बन्धित वडामा सम्पर्क गर्न सबैलाई अनुरोध छ , ” उहाको भनाई छ ।

लालपुर्जा प्रप्त गरेको १० बर्ष सम्म उक्त जमिन किनबेच तथा कतै पनि धितोको रुपमा प्रयोग गर्न नपाईने नयाँ नियम लागु भएको छ। वन ऐनसँग बाझिएको भन्ने कुरा आएको भए पनि भूमि ऐनमा भएको नियम र स्थानिय जन प्रतिनिधीको रहोवरमा सर्वदलिय बैठकले परित गरेको माईन्युटलाई आधार मानी काम अगाडि बढाइने उहाँले बताउनुभयो ।

किसानलाई किसान परिचय पत्र वितरण गरिने

सिन्धुली­ - कमलामाई नगरपालिकाले किसान परिचय पत्र वितरण गर्ने भएको छ । नगरभित्रका किसानलाई सुचिकरण गर्दै किसान परिचय वितरण गर्न लागिएको नगरपालिकाले जनाएको छ ।

यहि चैत २० गतेबाट कमलामाई नगरपालिका भित्रका सम्पूर्ण किसानको गणना कार्य सुरु गरिने तयारी गरेको कमलामाई नगरपालिकाका कृषि प्राविधिक देवी प्रसाद सापकोटाले बताउनुभयो । गणना गर्नका लागि नगरपालिकाका १४ वटै वडालाई परिपत्र गरिसकेको छ । प्रत्येक वडाले आफ्नो वडा भित्रका आवश्यकताको आधारमा गणक छनोट गरि पठाउने छन् ।

बागमती पुल तिनदिन अवरुद्ध हुने

सिन्धुली­- मदन भण्डारी राजमार्ग अन्र्तगत सिन्धुली र मकावनपुर जिल्ला जोड्ने बागमती पुल तिनदिन अवरुद्ध हुने भएको छ । निर्माणाधिन पक्की पुलमा पिच गरिने भएपछि शुक्रबार देखि आईतबारसम्म तीन दिन पुल बन्द हुने निर्माण कम्पनिले जनाएको छ ।

कालोपत्रे गर्दा बैकल्पिक मार्गको व्यवस्था नभएका कारण तीन दिनका लागि पुल संचालनमा अबरोध हुने पुल निर्माण कम्पनी स्वच्छन्द निर्माण सेवा प्रालीका साईड ईन्चार्ज सन्तोष सापकोटाले बताउनुभयो । पुल निर्माण नसकिदै यातायातको सहजताका लागि सवारी साधन संचान गर्न दिईएको थियो । पुल निर्माणका क्रममा बैकल्पीक मार्ग प्रयोग गर्न यातायात व्यवसायी तथा यात्रुहरूलाई अनुरोध गरीएको छ ।

मदन भण्डारी लोकमार्ग अन्तरगत हेटौंडा–सिन्धुली–गाईघाट–चतरा सडक निर्माणाधीन रहेको छ । यो मार्ग महेन्द्र राजमार्गको बैकल्पिक मार्गका रूपमा प्रयोग हुँदै आएको छ ।

जसपा सिन्धुलीकोे चुनाव केन्द्रित बैठक

सिन्धुली­ -जनता समाजबादी पार्टी सिन्धुलीकोे स्थानीय चुनाव केन्द्रित बैठक सम्पन्न भएको छ । जसपाका कार्यकारीणी सदस्य गंगा नारायण श्रेष्ठको प्रमुख आतिथ्यता तथा जसपाका जिल्ला अध्यक्ष सुरत बहादुर स्याङ्तानको अध्यक्षतामा विहिबार बैठक सम्पन्न भएको हो ।

एजेन्डा जनता सामु लैजाने सुनौलो अबसरका रूपमा उपयोग गर्दै चुनावमा उत्साहित भएर सहभागी हुने र प्रभावकारी रणनीति तयार गर्ने बारे बैठकमा सहभागीले आ–आफ्नो क्षेत्रको स्थिती बारे रिपोर्टिङ गरेको जसपाका युवा नेता दिपेश थापाले जानकारी दिनुभयो ।

बैठकमा जसपा कार्यकारिणि सदस्य गगा नारायण श्रेष्ठले आफ्नो पार्टी निर्माणधिन अबस्थामा रहेकाले सम्भब भए सम्म सबै स्थानीय तहमा उम्मेद्बारी घोषणा गर्ने बताउनु भयो ।

जसपाले यसपालिको स्थानीय चुनावमा चाबीको काम गर्ने दाबी गर्दै श्रेष्ठले भन्नुभयो “ताल्चा खोल्न चाबीको महत्वपूर्ण भुमिका हुन्छ ।”

हामी त्यस्तो चाबी बनौं । ’सिन्धुलीका विभिन्न पालिका बाट बैंठकमा सहभागी नेताहरुले आफ्नो वडा र पालिका जित्ने दाबी गरेका छन । सिङ्गो पार्टी पंक्ति चुनाव जित्ने हिसाबले उत्सबका रूपमा चुनावको मैदान उत्रने निर्णय भएको युवा नेता थापाले बताउनु भयो ।

प्रतिक्रिया