शुक्रवार, कार्तिक २७ गते २०८३

Friday 13th November 2026

सिन्धुलीमा डडेलो रोकथामका लागि सचेतना मुलक कार्यक्रम

मंगलवार , चैत्र १५, २०७८

सिन्धुली, – कमलामाई नगरपालिका ७ गडौलीमा डडेलो रोकथामका लागि सचेतना मुलक कार्यक्रम गरीएको छ । समुदाय–प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत डढेलो तथा आगलागी सम्वन्धी सप्ताहव्यापी कार्यक्रम अन्तर्गत सचेतना मुलक कार्यक्रम सम्पन्न गरिएको हो ।

सामुदायिक प्रहरी सेवा केन्द्र सिन्धुलीको आयोजनामा जनउथान वन उपभोगता समितिका कोषाध्यक्ष नर बहादुर थापाको अध्यक्षता तथा प्रहरी हवल्दार रविन्द्र कुमार ठाकुरको कमाण्डमा टोली खटी गई जनचेतना मुलक कार्यक्रमको आयोजना गरिएको हो ।

कर्यक्रममा जनउथान वन उपभोगता समितिका प्रतिनिधि तथा स्थानिय सर्वसाधारणको उपस्थितीमा वनमा डडेलो तथा आगलागी हुन नदिन तथा आगलागिको घटना न्यूनिकरणको लागी अन्तरकृया तथा छलफल गरिएको छ । सामुदायिक प्रहरी सेवा केन्द्र सिन्धुलीले आइतबार देखि वन डडेलो रोकथामका लागि डढेलो तथा आगलागी सम्वन्धी सप्ताहव्यापी कार्यक्रम संचालन गरेको छ ।

वन क्षेत्रमा डढेलो लगाउनु तथा वन्यजन्तुको शिकार गर्नु कानुनत अपराध हो । यस्तो कार्य गर्ने तथा गर्न लगाउनेलाई वन ऐन २०७८ र प्रदेश वन ऐन २०७६ अनुसार ६० हजार सम्म जरिवाना वा ३ बर्ष सम्म कैद सजाय हुने डिभिजन वन कार्यलय सिन्धुलीले जनाएको छ ।

प्रतिक्रिया