सिन्धुली– आगामी बैशाक ३० गते हुने स्थानीय तह निर्वाचनमा सिन्धुलीमा २ लाखभन्दा बढी मतदाता हुने भएका छन् । निर्वाचन आयोगले आइतबार मतदाता नामावली तय गरेको छ, जसअनुसार २०७९ बैशाख २९ गते सम्म १८ वर्ष पुरा भएका सिन्धुलीमा २ लाख ६ हजार ३३६ मतदाता हुने छन् ।
पाँच वर्ष अघिकोे स्थानीय तहमो निवार्चनमा भन्दा झण्डै ३८ हजार ९० जना मतदाता थपिएका छन् । २०७४ को स्थानीय तहको निर्वाचनमा एक लाख ६८ हजार दुई सय ४६ मतदाता थिए । यो पटक ३८ हजार ९० बढेर २ लाख ६ हजार, ३ सय ३६ पुगेको हो ।
आयोगले आइतबार सार्वजनिक गरेको मतदाता नामावलीमा दुघौली नगरपालिकामा सबै भन्दा बढी पुरुष २३ हजार ६ सय ५५ र महिला २३ हजार ३ र अन्य १ गरि जम्मा ४६ हजार ६ सय ५९ मतदाता रहेका छन् । त्यसैगरी जिल्लाको सदरमुकाम समेत रहेको कमलामाई नगरपालिकामा पुरुष २२ हजार ४ सय ७० र महिला २२ हजार ५ सय ५८ गरि जम्मा ४५ हजार २८ मतदाता रहेका छन् ।
तिनपाटन गाउँपालिकामा पुरुष १३ हजार ३ सय ५० र महिला १२ हजार ५ सय ५४ गरि जम्मा २५ हजार ९ सय ०४ मतदाता कायम रहेको निर्वाचन आयोगले सार्वजनकि गरेको तथ्यांकमा उल्लेख छ । त्यस्तै सुनकोशी गाउँपालिकामा पुरुष ९ हजार ४ सय २७ र महिला ८ हजार ७ सय २७ गरि जम्मा १८ हजार १ सय ५४ मतदाता रहेका छन ।
हरिहरपुरगडी गाउँपालिकामा पुरुष ९ हजार १ सय ३० र महिला ८ हजार ३ सय ३३ गरि जम्मा १७ हजार ४ सय ६३ मतदाता रहेका मतदाता कायम रहेका छन् । त्यस्तै मरिण गाउँपालिकामा पुरुष ८ हजार ८ सय ३ र महिला ८ हजार ४३ गरि जम्मा १६ हजार ८ सय ४६ मतदाता रहेका छन् ।
उता गोलन्जोर गाउँपालिकामा पुरुष ७ हजार ६ सय ४३ र महिला ६ हजार ७ सय ३९ गरि जम्मा १४ हजार ३ सय ८२ मतदाता रहेका छन । फिक्कल गाउँपालिकामा पुरुष ६ हजार ३ सय १२ र महिला ५ हजार ६ सय १३ गरि जम्मा ११ हजार ९ सय २५ मतदाता रहेका छन भने घ्याङलेख गाउँपालिकामा पुरुष ५ हजार १ सय ५२ र महिला ४ हजार ८ सय २३ गरि जम्मा ९ हजार ९ सय ७५ मतदाता रहेका छन ।
आगामी बैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा सिन्धुली जिल्लाभरी मतदान स्थल १४४ ओटा र मतदान केन्द्र २ सय ६८ ओटा रहने निर्वाचन आयोगले सर्वाजनिक गरेको तथ्यांकमा उल्लेख छ ।
जसअनुसार दुघौली नगरपालिकामा २४ ओटा मतदान स्थल र ५९ मतदान केन्द्र, कमलामाई नगरपालिकामा ३७ ओटा मतदान स्थल र ६२ मतदान केन्द,्र तिनपाटन गाउँपालिकामा १९ ओटा मतदान स्थल र ३२ मतदान केन्द्र, हरिहरपुरगडी गाउँपालिकामा ९ ओटा मतदान स्थल र २१ मतदान केन्द्र, सुनकोशी गाउँपालिकामा १२ ओटा मतदान स्थल र २४ मतदान केन्द्र, गोलन्जोर गाउँपालिकामा १२ ओटा मतदान स्थल र २० मतदान केन्द्र, फिक्कल गाउँपालिकामा १३ ओटा मतदान स्थल र १६ मतदान केन्द्र र घ्याङलेख गाउँपालिकामा ९ ओटा मतदान स्थल र १३ मतदान केन्द्र तोकिएको छ ।
आयोगका सूचना अधिकारी सूर्य प्रसाद अर्यालका अनुसार सबै जिल्लाबाट मतदाताको संख्या संकलन गरेर त्यस उपर छलफल, दावी विरोध र सच्याउने अवसर दिएर मतदाताहरुको अन्तिम नामावली तय गरिएको हो । यस्तै निर्वाचनका लागि कार्यालयले कर्मचारी माग गर्न थालेको छ । एउटा मतदान केन्द्रमा पाँच जना कर्मचारी र तिन जना स्वयमसेवक परिचालन गरिने छ ।