सिन्धुली, – नेपाली काँग्रेसका नेता ठाकुर प्रसाद दाहाल काँ्रेस पत्यिाग गरी नेकपा माओवादी केन्द्रमा प्रवेश गर्नु भएको छ ।
दाहाललाई मंगलवार माओवादी केन्द्र सिन्धुलीका ईन्चार्ज लेखनाथ दाहाल(राजन)ले पार्टीमा प्रवेश गराउनुभएको हो । नेपाली काँग्रेसको पुर्व क्षेत्रिय सहसचिव समेत रहनु भएका ठाकुर प्रसाद दाहाल नेपाली काँग्रेसको १४ औं महाधिवेशनमा जिल्ला कमिटी सचिवका प्रत्यासी हुनुहुन्थ्यो ।
करिव २५ बर्ष नेपाली काँग्रेसमा सक्रिय राजनिति गर्नु भएको दाहालले पछिल्लो समय माओवादी केन्द्रको राजनितिक एजेण्डा र काम देखेर प्रभावित भएर पार्टी प्रवेश गरेको बताउनुभयो । उहाँले आफुँले माओवादीमा प्रवेश गर्नका लागि कुनै सर्त नराखेको तर अब पार्टीले क्षमताको मुल्यांकन गरेर कुनै जिम्मेवारी दिए त्यो जिम्मेवारी पुरा गर्ने प्रतिबद्धता जनाउनुभयो ।
दाहाललाई पार्टीमा प्रवेश गराउदै ईन्चार्ज दाहालले असल व्यवहार र राजनितिक ईमान्दारिता भएका जो कोहीलाई पनि पार्टीमा प्रवेश गराई उचित जिम्मेवारी दिईने बताउनुभयो ।